वीरगन्ज । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार १ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा १, झापामा ५१, धनकुटामा १, पाँचथरमा १२, भोजपुरमा १, मोरङमा १ सय २८, संखुवासभामा ९ र सुनसरीमा ७९ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १६, पर्सामा १६, बारामा ३, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा २०, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय ६५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १६, चितवनमा ८०, दोलखामा १, धादिङमा ९, नुवाकोटमा १४, भक्तपुरमा ७५, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ८९, सिन्धुलीमा ३, रसुवामा २ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा १४, तनहुँमा ११, नवलपरासी पूर्वमा १२, पर्वतमा २, मुस्ताङमा ४, लमजुङमा १२, वागलुङमा १३ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा १२, दाङमा ३२, नलवपरासीमा १२, पाल्पामा १०, बर्दियामा ६, बाँकेमा २१ र रुपन्देहीमा ५७ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४ र रुकुम पश्चिममा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमको कञ्चनपुरमा ३, कैलालीमा ५, डडेल्धुरा ४, दार्चुलामा २, बझाङमा ९ र बैतडीमा १ जनामा कोरोना भेटिएको छ।