काठमाडौँ। पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार २२९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ९६५ जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ७५ जना गरी कुल १ हजार २२९ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५८ प्रतिशत हो ।
आज देशभर ९ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १०३ जनामा कोरोना पुष्टि भएको थियो ।
यहि अवधीमा २ हजार ८५८ जनाले कोरोना जितेको र १७ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।