• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिनियाँ खोप ‘मध्य चरणको परीक्षणमा सफल’

  • वीरगंज संजाल
  • ४ मंसिर २०७७, बिहीबार ०७:२५
  • २७४९

    बेइजिङ — कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ ।‘कोरोनाभ्याक’ खोप निर्माण कम्पनी सिनोभ्याक बायोटेकको प्रयोगशालामा काम गर्दै अनुसन्धानकर्ता ।

    सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको हो ।युरोप तथा अमेरिकामा निर्मित खोपहरूको ठूलो स्तरको परीक्षणका आधारमा ती खोपहरू सफल रहेका समाचार आइरहेका बेला चिनियाँ अनुसन्धानकर्ताहरूको घोषणा सार्वजनिक भएको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीनवटा खोपहरूको परीक्षणका तथ्यांकहरूका आधारमा ती खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।

    अमेरिका तथा युरोपेली देश जस्तै चीन पनि कोभिडविरुद्धको खोप बनाउने दौडमा क्रियाशील छ । यसक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका जनाइएको छ । तीमध्ये सिनोभ्याक बायोटेक खोप एक हो ।

    तर वैज्ञानिक जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित परिणामहरू ती चारमध्ये एकको पहिलो र दोस्रो चरणका परीक्षणबाट प्राप्त तथ्यांक मात्र भएको बीबीसीले उल्लेख गरेको छ । प्रतिवेदनअनुसार कोरोनाभ्याक खोपले मानव शरीरमा तीव्र रोग प्रतिरोधी क्षमता उत्पन्न गराएको देखिएको छ । उक्त अध्ययन गत अप्रिल र मे महिनामा गरिएको र खोपको सफलताको प्रतिशत उल्लेख गरिएको छैन ।

    प्रतिवेदनका एक लेखक झु फेंगचाईले पहिलो चरणमा एक सय ४४ र दोस्रो चरणमा ६ सय जनामा गरिएको परीक्षणमा आधारित नतिजाहरूका आधारमा उक्त खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न योग्य रहेको बताएका छन् ।

    हाल खोपको तेस्रो चरणको परीक्षण जारी छ र त्यसबारे भने केही तथ्यांकहरू सार्वजनिक गरिएको छैन । चिनियाँ खोपहरू हाल पाकिस्तान, साउदी अरब, रुस, इन्डोनेसिया र ब्राजिलमा ठूलो स्तरमा परीक्षण भइरहेको छ । चिनियाँ चारमध्ये एक खोप नोभेम्बर महिनाको सुरुसम्ममा करिब ६० हजार जनाले लगाइसकेका छन् ।

    कोरोनाभ्याक खोपको परीक्षण ब्राजिलमा गत साता केही समयका लागि रोकिएको भए पनि पुन: सुरु भएको छ । कम्तीमा तीनवटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको जनाइएको छ । बीबीसीका अनुसार एउटा खोप भने जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।

    फाइजरको खोप ६५ वर्षमाथिकालाई झन् प्रभावकारी

    फाइजर र बायोएनटेक कम्पनीले विकसित गरेको कोभिड–१९ विरुद्धको खोप ६५ वर्षमाथिका बिरामीका लागि अझै प्रभावकारी हुने देखिएको छ । तेस्रो चरणको परीक्षणका तथ्यांकको विश्लेषणका आधारमा नयाँ तथ्य सार्वजनिक गरिएको हो ।

    कम्पनीले उक्त खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका ९४ प्रतिशत बिरामी निको पार्ने दाबी गरेको हो । अन्तिम चरणको परीक्षणका क्रममा उक्त खोप ४१ हजार जनालाई दुई डोज दिइएको थियो । खोपको आपत्कालीन प्रयोगका लागि अमेरिकामा छिटै अनुमति लिइने पनि कम्पनीले जनाएको छ ।

    गत साता फाइजर तथा बायोएनटेकले प्रारम्भिक तथ्यांकको विश्लेषणका आधारमा खोपले कोभिड–१९ का ९० प्रतिशत बिरामी निको पार्ने जनाएका थिए । अमेरिकी कम्पनी मोडर्नाले विकसित गरेको खोपले भने कोभिड–१९ का ९४.५ प्रतिशत बिरामी निको हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑