काठमाडौं | पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२२ , ललितपुरमा १६८ र भक्तपुरमा ४८ जनालाई कोरोना संक्रमण देखिएको छ।
देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार हजार ७८० पुगेको छ।
आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २५९ जनाको मृत्यु भइसकेको छ।