वीरगंज। बेलायतका स्वास्थ्यमन्त्री माट हान्कोकले कोरोना भ्याक्सिन आगामी क्रिसमस अगाडि नै वितरण गर्ने सम्भावना रहेको बताउनुभएको छ ।सोमबार (आज) स्वास्थ्यमन्त्री हान्कोकले बीबीसी टेलिभिजनसँग कुरा गर्दै बेलायतले औषधि निर्माण कम्पनी फाइजर बीयोनटेकसँग मिलेर बनाएको पहिलो पटक ९० प्रतिशत प्रभावकारिता देखिएको भ्याक्सिन आगामी क्रिसमस अगाडि नै वितरण गर्ने सम्भावना रहेको बताउनुभएको हो ।
बेलायतले फाइजरसँग मिलेर काम गरिरेको बताउँदै उहाँले जतिसक्दो छिटो उक्त भ्याक्सिनको अन्तिम नतिजामा पुग्ने तयारी गरिरहेको बताउनुभएको छ ।त्यस्तै उहाँले उक्त खोप डिसेम्बरको शुरुवातमै तयार हुने सम्भावना रहेको र क्रिसमस भन्दा अगावै सार्वजनिक गरिसक्ने बताउनुभएको छ ।
वल्र्डोमिटर्सका अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या ५ करोड ४९ लाख ५५ हजार ६ पुगेको छ । जसमध्ये १३ लाख २६ हजार ६१५ संक्रमितको मृत्यु भइसकेको छ ।