• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडि, कुन बैंकले कति कमाए ?

  • वीरगंज संजाल
  • १ मंसिर २०७७, सोमबार १३:५८
  • ५७४९

    वीरगंज । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा ४८ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरको मान्यताप्राप्त ७ वटा विकास बैंकहरुले अघिल्लो वर्षको ३ महिनाको तुलनामा ४८.६३ प्रतिशत नाफा वृद्धि गरेका हुन् । यो वर्ष यी ७ वटा बैंकहरुको कुल नाफा १ अर्ब २६ करोड ७३ लाख रुपैयाँ छ । अघिल्लो वर्षको यही अवधिमा यो नाफा ८५ करोड २६ लाख रुपैयाँ रहेको थियो । यो करिब ४१ करोड ४६ लाख रुपैयाँ बराबरको वृद्धि हो ।

    विकास बैंकहरुमध्ये ५ वटा बैंकको नाफामा उल्लेख्य सुधार देखिँदा राम्रो बैंकको रुपमा रहेका गरिमा विकास बैंक र ज्योति विकास बैंकको नाफा भने घटेको छ । यो अवधिमा कामना सेवा बैंकले अघिल्लो वर्षको भन्दा करिब १० गुणाले नाफा वृद्धि गरेर कुल नाफा २० करोड पुर्याएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ करोड ८६ लाख रुपैयाँ मात्रै थियो ।

    त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि यो अवधिमा १ सय २६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १२ करोड ७४ लाखमा सीमित रहेको नाफा चालु आर्थिक वर्षमा २८ करोड ८७ लाख पुगेको हो । यो बैंकले अघिल्लो वर्ष लुम्बिनी प्रदेशका दुई क्षेत्रीय विकास बैंकलाई आफूमा गाभेको थियो ।

    महालक्ष्मी बैंकको नाफा पनि करिब ४९ प्रतिशतको वृद्धि भएर १५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १० करोड ६८ लाख रुपैयाँ थियो ।
    विकास बैंकहरुकै विरासत मानिने मुक्तिनाथ विकास बैंकले कोभिड–१९ कै महामारीकाबीच २८.५९ प्रतिशत नाफा वृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष २२ करोड ८७ लाख रुपैयाँ रहेको सो बैंकको नाफा यो वर्ष २९ करोड ४१ लाख रुपैयाँ पुग्दा नाफामा यो वृद्धि देखिएको हो ।

    लुम्बिनी विकास बैंकको नाफा भने यो वर्ष सामान्य मात्रै बढेको छ । अघिल्लो वर्ष करिब ९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको नाफा यो वर्ष ११ करोड १७ लाख पुगको हो ।

    तर बाँकी २ बैंकको नाफा वृद्धिको अवस्था भने नाजुक छ । विकास बैंकहरुमा मुक्तिनाथ पछिकै दोस्रो ठूलो बैंकको रुपमा रहेको यो बैंकको नाफामा अघिल्लो वर्षभन्दा  ४०.७८ प्रतिशतको कमी आएको छ । अघिल्लो वर्ष १३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको गरिमाको नाफा यो वर्ष ८ करोडमा १२ लाखमा सीमित भएको हो जुन राष्ट्रिय स्तरको विकास बैंकमध्येकै सबैभन्दा कम नाफा समेत हो ।

    उता ज्योति विकास बैंकको नाफामा समेत सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १३ करोड ६९ लाख रहेको ज्योतिको नाफा यसपालि घटेर १३ करोड १५ लाख पुगेको छ । यो करिब ४ प्रतिशतको गिरावट हो ।

    विकास बैंकको राम्रो पर्फमेन्स
    वाणिज्य बैंक र विकास बैंकको नाफामा यो त्रैमासमा निकै उतारचढाव देखियो । कुनै बैंकको नाफा अस्वाभाविक धेरै देखिँदा कुनै बैंकको नाफामा अस्वाभाविक गिरावट आएको अवस्था वाणिज्य बैंक र विकास बैंक दुवैमा देखिएको छ । तर समग्रमा हेर्दा भने वाणिज्य बैंकभन्दा विकास बैंककै कार्यसम्पादन राम्रो देखिएको छ ।

    असोजसम्मको अवधिमा यो वर्ष २५ वटा वाणिज्य बैंकको नाफामा करिब १.४३ प्रतिशत कमी आएको थियो । विकास बैंकमा भने यो अवस्था ठ्याक्कै उल्टो देखिएको छ । राष्ट्रिय स्तरका ७ वटा विकास बैंकको नाफा याही अवधिमा भने करिब ४८ प्रतिशतले बढेको देखिएको छ ।

    कुन बैंकको नाफा कस्तो ?
    यो वर्ष सबैभन्दा बढी नाफा वृद्धि भएको बैंक कामना सेवा हो । अघिल्लो वर्ष २ करोडभन्दा कम रहेको नाफालाई एकैपटक २० करोड रुपैयाँभन्दा बढी पुर्याएर यो बैंकले चमत्कार गरेको छ । यो बैंकको नाफा यसरी बढ्नुको पछाडि कुल ब्याज आम्दानीमा भएको वृद्धि र अन्य शुल्क तथा कसिनबाट आउने आम्दानी प्रमुख कारण मानिएको छ । गत वर्ष एकैपटक १ सय १२ वटा शाखा खोलेको कामना सेवा बैंकको शाखा सञ्जालकै कारण ग्राहक संख्या बढ्दा यस्तो आम्दानी बढेको देखिएको छ ।

    शाइन रेसुंगा बैंकको नाफा भने मर्जर तथा एक्विजिसनको कारणले वृद्धि भएको हो । अघिल्लो वर्ष मात्रै शाइनले पूर्णिमा र भार्गव विकास बैंकलाई आफूमा गाभेर राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको थियो । मर्जरसँगै बैंकका सबै परिसूचकहरु सकारात्मक देखिएका छन् ।

    उता महालक्ष्मी विकास बैंकले भने यो वर्ष अघिल्लो वर्षको तुलनामा खराब कर्जाको लागि कम रकम प्रोभिजन गरे पुग्ने भएकोले यो रकम नाफमा देखाउन पाउने भएकोले नाफा बढेको देखिएको हो । अघिल्लो वर्ष ८ करोड प्रोभिजन गरिएकोमा यो वर्ष यो रकम साढे २ करोडमा झरेको छ ।

    मुक्तिनाथ विकास बैंकले भने प्राभिजनमा राख्ने रकम दोब्बरभन्दा बढी पुग्दा पनि नाफा बढाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी समेत बढ्दा खुद नाफा बढेको हो ।
    नाफामा उच्च गिरावट आएको गरिमा विकास बैंकले पनि सम्भावित कर्जा नोक्सानीका लागि कर्जा रिजर्भमा पैसा छुट्याउँदा नाफामा यो गिरावट सहनु परेको हो । गरिमाले करिब साढे ६ करोड रुपैयाँ बढी रकम यस्तो प्रोभिजनमा राखेको छ । बैंकको अरु पक्षहरु भने सामान्य अवस्थामै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑