• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज गोवर्धन पूजा

  • वीरगंज संजाल
  • १ मंसिर २०७७, सोमबार ०९:०१
  • ४४९७

    वीरगंज। घरमा गाई वा गोरु हुने व्रतालुले आफ्नै गोठबाट गोवर्द्धन भगवानको प्रतिक बनाएर गाउँको कुनै चौबाटोमा भेला भएर सामूहिक गोवर्द्धन पूजा गर्छन जसलाई गोधन कुटाइ भनिन्छ । गोधन कुटाइका लागि गोबरमा केराउ (बजडी), सिन्दुर, गाजल, कपास, मिठाइ आदिको प्रयोग गरिन्छ । सबैको घरबाट गोवर्द्धन भगवान आएपछि एकै ठाउँमा गोवर्द्धन पहाड बनाइन्छ । त्यहाँ एउटा माटोको हाँडीलाई चारैतिरबाट टिका लगाएर हाँडीभित्र माटोको दियो बालेर गोवर्द्धन पहाडमाथि राखिन्छ ।

    चारैतिरबाट व्रतालुहरुले उभिएर पहिला छठ पर्वको गीत गाउँछन् र हलोको जुवाले हाँडीलाई फुटाउँछन् । हाँडी फुटाउने जुवालाई छठ पर्व गर्नेले मात्र समाउँछन् । हाँडी फुटेपछि उपस्थित सबै महिलाले दाजु र भाइको नाम लिई एकै स्वरमा गीत गाउँछन् जसलाई स्थानीय भोजपुरी भाषामा सरापेको भन्छन् ।

    गीतमा दिदी–बहिनीले दाजु–भाइको लामो आयुको कामना र प्रार्थना गर्दछन् । हाँडी फुटाएको गोबरमा चढाइएका विभिन्न सामग्रीलाई सबै व्रतालुहरुले निकाल्ने प्रयास गर्दछन् । मुख्य गरी दाजु भाइले अनिवार्यरुपमा त्यो सामग्री कपासमा मुछेर खाने चलन रहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ निवासी ६५ वर्षीय व्रतालु सिउ दुलारी देवीले बताइन्।

    गोवर्द्धन पूजासँगै छठ पर्वको सुरुआत भएको मानिन्छ । गोधन कुटाइपछि व्रतालुहरुले छठ पर्वको सामग्री पकाउने चुलो बनाउँन माटो ल्याउँन जान्छन छन् । त्यो माटोले चुलो तयार भएपछि त्यसैमा छठको लागि पकाउँनु पर्ने सम्पूर्ण प्रसादलगायतका सामग्री तयार पारिन्छ । यसै गरी छठ पर्वमा प्रयोग हुने मुख्य प्रसाद ठेकुवा र कसारको लागि धान तथा गहुँ सुकाउने काम आजैबाट सुरु भएको छ । गोवर्द्धन पूजा सम्पन्न भएपछि छठ पर्वको औपचारिक सुरुवात हुने मधेस संस्कृतिको विषयमा जानकार संजय यादवले बताए ।

    कतिपयले सूर्यलाई अर्घ्य दिने कार्यलाई मात्र छठ पर्व मान्ने गरेको कुरालाई अस्वीकार गर्दै यादवले सूर्यलाई साक्षी राखेर छठीमाईको पूजा गरिने बताए । रातभरि पूजा गर्ने भनेर अस्ताउँदो सूर्यलाई साक्षी राख्दै भोलिपल्ट बिहान पनि उदाउँदो सूर्यलाई साक्षी राख्ने परम्परा रहेको बताउँदै मित्र भन्छन् ‘छठीमाईको वास्तविक पूजा खरनाको साँझ घरमा गरिने पूजा र षष्ठीको राति रातभरि जाग्राम बसी कोसिया भर्ने काम हो ।’ लोकपर्व छठलाई कतिपयले शास्त्रीय पर्वको रुपमा मान्ने गरेकोलाई यादवले अस्वीकार गरे ।

    गोवर्द्धन पूजालाई स्थानीय भोजपुरी भाषामा बजडी पनि भन्ने गरेको सन्दर्भलाई यादवले छठसँग सम्बन्धित रहेको बताउँछन् । गोधन कुटाइमा प्रयोग गरिएको केराउ (बजडी) लाई मिठाइमा राखेर दाजुभाइलाई खुवाउने र कपासलाई दाजुभाइको कन्धनीमा बाँध्ने चलन रहेको यादव बताउँछन् । तराई मधेसमा मनाइने भरदुतिया चाहिँ भाइटीका नभएको र भाइटीकाभन्दा निकै फरक छठसँग सम्बन्धित रहेको यादवको दाबी छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑