आज:
  • होमपेज / Breaking News

    गायक रविराज प्रहरी हिरासतमा, बलात्कार र हत्या प्रयासको आरोप

  • वीरगंज संजाल
  • १ मंसिर २०७७, सोमबार ०८:०७
  • ४६२९

    वीरगंज | जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले गायक रविराज साहलाई पक्राउ गरेको छ । सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका उनलाई भत्तपुर प्रहरीले कात्तिक २७ मा नियन्त्रणमा लिएको थियो । अहिले उनलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ ।घटना काठमाडौंमा भएको भन्दै भत्तपुर प्रहरीले अनुसन्धानका लागि गायक साहलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको बुझिएको छ । एक युवतीले उनीमाथि जर्वजस्ती करणी उधोग अन्तर्गत मुद्दा हालेको र अहिले सो विषयमा अनुसन्धान भइरहेको प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्ष्य बस्नेतले जानकारी दिए।

    रविराजलाई कलाकार भरत साहले बुढानिलकण्ढमा भेट्न बोलाएर पक्राउ गर्न लगाएको गायक साहका भाइ रमेशले बताए । ‘घटना के भएको हो भनेर छलफल गर्न आउनुस् भनेर कलाकार साहले आफ्नै घरमा बोलाउनुभयो’, रमेशले फरकधारसँग भने, ‘मेरो दाई (रविराज) उहाँको घर पुग्दा प्रहरी पनि थियो । अनी घरमा छलफल नगरी भत्तपुर प्रहरी कार्यालय लग्यो ।’उनका अनुसार अहिले प्रहरीले घटना विषयमा अनुसन्धान गरिरहेको छ । उनले दाइमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको दावी गरे । उनले भने, ‘आरोप लगाएकी युवतीले नै फेसबुक लाइभमा फरक फरक बयान दिएकी छन् । बयानले नै आरोप झुठो हो भन्ने स्पष्ट हुन्छ ।’

    फेसबुकबाट घटना सार्वजनिक

    गायक साहमाथि आफूलाई मोडल बताउँदै आएकी किरन बानियाँले जवरजस्ती करणी र हत्याको प्रयास गरेको आरोप लगाएकी छन् । उनले फेसबुक लाइभमै आएर आफूलाई गायक साहले काठमाडौं बोलाएर जर्वजस्ती करणीको प्रयास गरेको बताएकी छिन् ।पहिलो पटक उनले घटनाबारे कलाकार भरत साहसँग फेसबुकमा लाइभ कुराकानी गरिन् । त्यसपछि आफ्नो फेसबुकमा लाइभ आएर घटना सार्वजनिक गरिन् । कलाकार साहसँगको कुराकानीमा उनले नशालु पदार्थ खुवाएर गायक साहले कुटपिट गरेको र जर्वजस्ती करणनीको प्रयास गरेको बताएकी छन् ।

    पछि फेसबुकमा लाइभ आउँदा उनले भनाइ बदलेकी छिन् । उनले गायक साहले आफूलाई हत्या गर्ने प्रयास समेत गरेको आरोप लगाएकी छन् । भनेकी छन्, ‘फेसबुकमा धेरैजनाले रेप भयो भनेर भन्दैछन् । तर त्यो कुरा सही होइन् । मलाई रेप गरेको छैन । हत्या र रेपको प्रयास मात्र गरेको हो।’

    यसरी घट्यो घटना

    हेटौँडा घर भएकी किरण जनकपुरमा बस्छिन् । आफूलाई मोडल बताउने उनले केहि एलबम निकालेकी छन् । रबिराज पनि गायक भएकाले उनीहरुबीच चिनजान भएको हुनुपर्छ ।रबिराजले फिल्मको सुटिङ छ भन्दै किरनलाई काठमाडौं आउन भन्यो । उनी घरपरिवारसँग पनि नसोधी जनकपुरबाट फ्लाइटका काठमाडौं पुगिन् । उनलाई काठमाडौं एयरपोर्टमै पुगेर रबिराजले रिसिभ गरे । त्यहाँबाट सिधा आफ्नो कोठा लगे ।

    किरण भन्छिन्, ‘रबिराजसँगै कोठामा अन्य मानिस पनि थियो । मैले कहाँ सुत्ने भनेर रबिराजसँग प्रश्न गर्दा एउटै कोठामा बस्ने भन्यो । त्यसपछि मैले बिरामी छु भनेपछि कोठामा राखिएको मदिरा जस्तो देखिने झोल पदार्थ मलाई रविराजले खुवायो । त्यसपछि म बेहोस् हुँदा कुटपिट र जवरजस्ती गर्ने प्रयास ग¥यो ।’घटना काठमाडौंको कुन ठाउँमा भएको भन्ने जिज्ञासामा किरणले त्यो थाहा नभएको बताएकी छिन् । उनले रबिराजले सुटिङका लागि नभएर गलत व्यवहार गर्न बोलाएको पनि जिकिर गरेकी छिन् । सन्ताेष यादव / जनकपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑