• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसिड पीडित भन्छिन् :जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले ध्यान दिए थिएन

  • वीरगंज संजाल
  • ३० कार्तिक २०७७, आईतवार २०:२७
  • २२०१

    जनकपुरधाम । २१ वर्षीया आरती साहलाई यसपटक दीपावलीको रमझमले छोएन । जनकपुर स्थायी घर भएकी उनी तीन वर्षीया छोरीसंगै कीर्तिपुर अस्पतालमा छटपटाइरहेकी छिन् । एसिड लागेर उनको शरीरको आधा भाग चलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ ।आमा–छोरीलाई यो अवस्थामा पुर्‍याउने अरु कोही नभएर जीवनभरि साथ दिने कसम खाएका आरतीकै श्रीमान सञ्जीव साह हुन् ।‘एकातिर मेरो भाइ र अर्काेतर्फ मेरो बहिनी उभिएकी थिइन् । म बीचमा थिएँ । उनी एक्कासी गिलास लिएर आए । मैले गिलासभित्र पानी होला भन्ने ठानें । तर, उनले मेरो जीऊमा खन्याएर भागे ।’

    गत बिहीबार बिहानको त्यो पीडादायी घट्नाबारे आरतीले भनिन् ‘गिलासमा एसिड ल्याएको छ भन्ने थाहा पाएकी भए सतर्क हुन्थेँ ।’एसिड आक्रमणपछि तत्कालै आमा छोरीलाई जानकी हेल्थ केयरमा उपचारका लागि भर्ना गरिएको थियो । आरतीको अवस्था गम्भीर भएकाले चिकित्सकहरूले कीर्तिपुर अस्पताल रेफर गरेका थिए ।एसिड फ्याँकेर फरार भएका सञ्जीवलाई प्रहरीले शनिबारै पक्राउ गरिसकेको छ ।

    करेन्ट लगाउनेदेखि मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७, जानकीनगर माइती भएकी आरतीको ४ बर्षअघि जनकपुर–२०, रुपैठाका सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।विवाह भएकै समयदेखि सञ्जीव रक्सी पिएर आउने र आफूलाई कुट्पिट गर्न थालेको आरती बताउँछिन् । बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको उनले बताइन् ।तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनी बताउँछिन् । ‘छोरी एक बर्षको हुँदा नै ससूराले आफूमाथि गलत नजर लगाउन थाले’ उनले भनिन्, ‘एकातिर पतिले कुटपिट गर्दै यातना दिने र ससुराले गलत दृष्टिले हेर्न थालेपछि घर छाड्न बाध्य भएँ ।’

    यातना सहन नसकेपछि आरतीले माइती नजिकै आएर कोठा भाडामा लिएर बस्न थालिन् ।‘कोठा भाडामा लिएर कहिले तरकारी त कहिले अन्य सामान बेच्दै आफ्नो र छोरीको गुजारा चलाउँदै आएको थिएँ’ आरतीले रुँदै भनिन्, “तर सञ्जीवले कोठामा आएर पनि कुटपिट गर्न छाडेनन् ।”यहीं कोठामा आएर सञ्जीवले आफूलाई एक दिन करेन्ट लगाएको र अर्काे दिन मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेको आरती बताउँछिन् ।

    यो विषयमा उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले ध्यान नदिएको आरतीको गुनासो छ । ‘एक दिन कुटपिट गरिरहेकै समयमा प्रहरीलाई खबर गर्दा जिरोमाइलबाट प्रहरी पुगेर सञ्जीवलाई सम्झाएर छाडेका थिए’ आरतीकी आमा सुनितादेवीले भनिन्, ‘मेरो छोरी एक्लै बस्न थालेपनि यातना दिने काम रोकिएन ।’छोरीलाई न्याय दिलाइदिन र उपचारमा समेत सहयोग गरिदिन सुनीतादेवीले आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑