काबुल | अफगानिस्तानको हिन्दकुश क्षेत्रमा भुकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ। बिबिसीका अनुसार भारतीय मौसम विभागको मापन अनुसार ६.३ रेक्टर स्केलको धक्का गएको हो।
पाकिस्तानको क्वेटामा ५.५को तिव्रता मापन गरिएको छ। जमिनको १२.१ किलोमिटरमुनी भूकम्पको धक्का गएको थियो। क्वेटा पाकिस्तानको दक्षिणमा रहेको इलाका हो।
यो अफगानिस्तानसँग सिमा जोडिएको क्षेत्र हो। भूकम्पको केन्द्र क्वेटाको उत्तरपुर्व ३८ किलोमिटर पर पिशिन, हार्नाई र बलुचिस्तानसम्म भुकम्पको धक्का महशुस गरिएको थियो। हालसम्म कुनै मानविय क्षतिको विवरण प्राप्त हुन नसकेको बिबिसीले जनाएको छ।