जनकपुरमा | जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ।जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि एक युवकले एसिड प्रहार गरेका हुन्।
उनलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ।जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन्।
धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ। घटना विषयमा थप विवरण आउन बाँकी छ।