काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीलार्ई गरिने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् ।
उनले प्रधानमन्त्रीलाई कारबाही गरिने कुरा पत्यार नलागे पनि प्रतिक्षा त गर्नै पर्यो भन्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्।
उनले दुई हप्ताभित्र प्रधानमन्त्रीलाई पानी समेत पिउन नपाउने गरी खतरा कारबाहीको तयारी भइरहेको सूचना आफूले पाएको समेत जानकारी दिएका छन्।
‘ जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे! भर्खरै सुनाए।पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब’, बाँस्कोटाले ट्विटरमा लेखेका छन्।