• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाका गम्भीर बिरामीको संख्या दिनदिनै बढ्दै

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७७, मंगलवार ०८:०२
  • २७४९

    वीरगंज | कोरोना संक्रमित गम्भीर बिरामीको संख्या दिनदिनै बढ्दै छ । १५ दिनअगाडि अर्थात् १० कात्तिकमा आइसियू–भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या तीन सय ४९ थियो । सोमबार यो संख्या चार सय ९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार देशभरका आइसियूमा चार सय ११ संक्रमितको उपचार भइरहेको छ । त्यस्तै, ८३ जना भेन्टिलेटरमा छन् । यो संख्या अघिल्लो दिनको तुलनामा १३ जना बढी हो । आइतबार आइसियूमा तीन सय ९८ र भेन्टिलेटरमा ८२ संक्रमित उपचाररत थिए । त्यस्तै, शनिबार आइसियूमा तीन सय ६५ र भेन्टिलेटरमा ७६ जना उपचाररत थिए ।

    स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण समुदायस्तरसम्म फैलिँदै गएपछि गम्भीर बिरामी पनि थपिँदै गएको बताए । ‘विगतमा संक्रमण समुदायस्तरसम्म नपुग्दा आइसियू–भेन्टिलेटरमा पुग्नेहरूको संख्या कम थियो । तर, अहिले भाइरस समुदायमा तीव्र गतिमा फैलिएको छ,’ उनले भने, ‘यसअघि वृद्धवृद्धामा नपुगेको भाइरस अहिले पुगेको छ । यसले गर्दा कोरोनाबाट हुने मृत्युसँगै आइसियू–भेन्टिलेटरमा पुग्नेहरूको संख्या पनि दैनिक बढ्ने क्रममा छ । मृत्यु भएकाहरूको संख्या हेर्दा धेरैजसो वृद्धवृद्धाहरू नै छन् ।’

    डा. अधिकारीका अनुसार अब जाडोमा दीर्घरोगीहरूलाई कोरोना भाइरसले थप समस्या ल्याउनेछ । ‘यो जाडोमा आइसियू–भेन्टिलेटरमा पुग्नेको संख्या बढ्ने मात्रै होइन, मृत्यु हुनेको संख्या पनि बढ्ने अनुमान छ । त्यसैले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनु उचित हुन्छ,’ उनले भने ।

    सघन उपचार कक्षमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । यहाँ दुई सय चारजना आइसियू र ५२ जना भेन्टिलेटरमा छन् । त्यस्तै, प्रदेश १ मा ४९ जना आइसियू र १३ जना भेन्टिलेटरमा, लुम्बिनीमा ५४ जना आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा आठजना आइसियू र दुईजना भेन्टिलेटरमा छन् । त्यसैगरी सुदूरपश्चिममा १५ जना आइसियू र एकजना भेन्टिलेटरमा, गण्डकीमा ७२ जना आइसियू र नौजना भेन्टिलेटरमा तथा कर्णालीमा नौजना आइसियूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई हजार पाँच सय ७१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । यसमध्ये एक लाख ५९ हजार सात सय २४ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म मृत्यु हुनेको जम्मा संख्या एक हजार एक सय २६ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ संक्रमितको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑