• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खानेकुराका प्याकेजबाट सजिलै सर्दैन कोरोना ! के भन्छन् विज्ञ ?

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७७, मंगलवार ०६:०६
  • २६६५

    एजेन्सी । गत जुनदेखि नै चिनियाँ स्वास्थ्य निकायहरुले बाहिरबाट आएका प्याक गरिएका फ्रोजन खानेकुराहरुमा कोरोनाभाइरस फेला पार्दै आएको बताएका छन् ।

    यसबीच अक्टोबर १७ मा चिनियाँ रोग नियन्त्रण केन्द्रले आयातित माछाका प्याकमा पनि सक्रिय कोरोनाभाइरस भेटिएपछि त्यसलाई आइसोलेट गरिने घोषणा गरेको थियो । निकायका अनुसार किङ्दाओका दुई जहाजका कामदारहरुमा संक्रमण फैलिएपछि त्यसैसम्बन्धी अनुसन्धान गर्दा उनीहरुले प्याकेजमा भाइरस फेला पारेका हुन् ।

    यो घटनाले के देखाउँछ भने भाइरसबाट दुषित भएका खानेकुराका प्याकेजबाट संक्रमण फैलने सम्भावना छ । तर यसमा अझै पनि ती कामदारहरु समुद्री खानेकुरा सम्हाल्दै गर्दा बिरामी परेका हुन् होइनन् भन्ने स्पष्ट भएको छैन ।

    हाल सरकारले त्यहाँ अधिकतम सावधानी अपनाइरहेको छ । किङदाओमा बाहिरबाट आउने सबै फ्रोजन खानेकुराहरु ध्यानपूर्वक निरीक्षण गरिने बताइएको छ भने त्यहाँका ९० लाख बासिन्दाको पनि कोरोना परीक्षण गरिएको थियो । यता बेइजिङ सहरमा पनि सरकारले कम्पनीहरुलाई कोरोना संक्रमणबाट नराम्ररी प्रभावित मुलुकहरुबाट फ्रोजन खानेकुरा नल्याउन आग्रह गरिरहेको छ ।

    आन्तरिक रुपमा देशभर नै भाइरस नियन्त्रण गर्न सफल भइसकेकाले पनि चीनमा अहिले बाहिरबाट आयातित खानेकुरामार्फत संक्रमण फैलिने सम्बन्धी अधिक त्रास बढेको छ । उनीहरुका अनुसार युकेडोरबाट ल्याइएको ‘स्रिम्प’, रुसबाट भित्र्याइएको ‘स्क्वीड’ अनि नर्वेइयन समुद्री खानेकुराका प्याकेजमा कोरोना पोजेटिभ भेटिएको थियो ।

    यस्तोमा चीन अहिले समुद्री जहाजमार्फत देश भित्र्याइने बाहिरका वस्तुहरुमा व्यापक कोरोना टेस्टिङ गर्ने एकमात्र देश बनेको छ । बाँकी मुलुकहरुका स्वास्थ्य निकायले अझै यस सम्बन्धी शंका व्यक्त गरिरहेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार खानेकुराबाट भाइरस फैलन सक्छ भन्ने किसिमको अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन ।

    यता विश्व स्वास्थ्य संगठनले पनि खानेकुराका प्याकेटलाई ‘डिस्इन्फेक्ट’ गर्न जरुरी नभएको बताउँदै आएको छ । तर उता न्युजिल्यान्डले भने अगस्टमा भएको संक्रमण कोल्ड–चेन स्टोरेजसँग सम्बन्धित भएको निष्कर्ष निकालेको छ ।

    चिनियाँ स्वास्थ्य निकायले बताए अनुसार सेप्टेम्बर १५ यता ६ लाख ७० हजार फ्रोजन खानेकुरा र प्याकेजिङबाट कोरोना भाइरसको स्याम्पल फेला पारिएको छ जस मध्ये केबल २२ मा मात्र कोरोना पोजेटिभ देखिएको हो ।

    तरपनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले माछा र मासुका आयातलाई अस्थायी रुपमा निषेध गर्ने निर्णय गरेको हो जसले केही देशसँग व्यापारिक विवाद समेत उत्पन्न गराएको छ । किनकी धेरै स्वास्थ्यविद्हरुले त्यस किसिमको सावधानी आवश्यक नभएको तर्क गर्दै आएका छन् । कम तापमान र चिसोमा कोरोना भाइरस रहन सक्ने भएपनि प्याकेज र खानेकुरा ठूलो खतरा हुन सक्छ भन्ने कुरामा अझै विज्ञहरुले शंका व्यक्त गरिरहेका छन् ।

    युनिभर्सिटी अफ हङकङका माइक्रोबायोलोजिस्ट सिदार्थ श्रीधर भन्छन्, “सैद्धान्तिक रुपमा यो विषयमा केही तथ्य छ भन्न सकिन्छ । तरपनि यसबाट उत्पन्न जोखिम भाइरस फैलने अन्य श्रोत भन्दा धेरै गुणा कम हुनेछ । ”

    चीनले के पत्ता लगाएको छ ?

    जुनमा दोस्रो लहरको संक्रमणबाट गुज्रिसकेपछि नै चीनले बाहिरबाट आयात गरिने खाद्य वस्तुमा पनि परीक्षण गर्न सुरु गरेके हो । ३३५ जना संक्रमित भएको सो घटनालाई जिनफादी खाद्य बजारसँग जोडिएको थियो । र त्यतिबेला स्वास्थ्य निकायहरुले एउटा समुद्री जहाजमा कोरोना भाइरस फेला पारेपछि युरोपबाट हुने खाद्य आपूर्ति नै भाइरसको श्रोत भएको अनुमान लगाएका हुन् ।

    यसपछि केही समयका लागि युरोपबाट प्याकेज ल्याउन बन्द गरिएको थियो जसमा चिली, नर्वे, फेरो आइलन्डस, अष्ट्रेलिया र क्यानडा सबैमा यो लागू गरिएको हो । वैज्ञानिकहरुले सो संक्रमण घटनाका लागि माछा जिम्मेवार भएकामा शंका व्यक्त गरेपनि चीनले भने सम्भावित नतिजालाई लिएर खाद्य आयातमा दुई गुणाले निरीक्षण बढाएको हो ।

    जुनमै चीनले, अमेरिकास्थित ‘टाइसन फुड प्लान्ट’ बाट कुखुराको आयात पनि बन्द गराएको थियो । र प्रमुख पोर्ट ‘तिआनजिन’ ले त बाहिरबाट ल्याइने सबै मासुजन्य खाद्य वस्तुका कन्टेरलाई कोरोना भाइरसको परीक्षण अनिवार्य बनाइदिएको छ । त्यस समयमा चीनको खाद्य सुरक्षा विभागका प्रमुख लि फेनकिनले संचारकर्मीहरुसँग बोल्दै फ्रोजन खानेकुरा र प्याकेजहरुबाट संक्रमण हुन सक्ने सम्भावनालाई पूर्ण रुपमा असम्भव मान्न नसकिने बताएका थिए ।

    यसपछि अन्य शहरहरुले पनि सुरक्षा सम्बन्धी विभिन्न नयाँ नीति नियम लागू गर्न सुरु गरेका हुन् । जस्तै हङकङको सिमानामा एउटा सेन्ट्रल वेयरहाउस स्थापना गरिएको छ जहाँ बाहिरबाट भित्र्याइएका बिक्री हुने सबै सामानहरुको जाँच र परीक्षण गरिन्छ । सेप्टेम्बरको सुरुवातमा मात्र चीनले अमेरिका, इन्डोनेशिया, युरोप सहित १९ वटा देशका ५६ कम्पनीहरुबाट खाद्य वस्तु आयात गर्ने कामलाई अस्थाइ रुपमा प्रतिबन्ध लगाएको थियो ।

    तर चीनको ‘एक्वेटिक प्रडक्ट्स प्रोसेसिङ एण्ड मार्केटिङ अलाएन्स’ का अध्यक्ष कुइ हेले बाहिरबाट ल्याइने सबै फ्रोजन खाद्य वस्तुहरुलाई पूर्ण रुपमा निषेध गर्न असम्भव भएको स्वीकार गरेका छन् । उनले भनेका छन्, “चीनमा १०० भन्दा बढी देशबाट फ्रोजन समुद्री खाद्यवस्तु आयात गर्ने गरिएको छ ।”

    त्यसैले बरु यसको सट्टा मासु, डेरीलगायतका उत्पादन गर्ने कम्पनीहरुलाई आफ्ना सामग्री कोरोनाभाइरसले दुषित नभएको सुनिश्चित गरि डक्युमेन्ट्समा हस्ताक्षर गरेर पठाउन भनिएको छ । तर यता खाद्य माइक्रोबायोलोजिस्ट सम्बन्धी अन्तर्राष्ट्रिय कमिसनले यस्ता प्रतिबन्ध र नियमहरु वैज्ञानिक हिसाबले पनि सहि नभएको गुनासो गरेको छ ।

    खानेकुराको प्याकेजिङबाट कोभिड–१९ संक्रमित हुन सजिलो छैन

    संचार एजेन्सी टाइमसँग वरिष्ठ स्वास्थ्यविद्हरुले बताएअनुसार खानेकुराको प्याकेजिङबाट कोभिड–१९ प्राप्त गर्ने कुरा सम्भव हुन सक्छ तर यसका लागि अधिक जटिल प्रक्रिया आवश्यक पर्नेछ । यसका लागि पहिले त संक्रमित व्यक्तिले सो प्याकेजिङमा खोकेको वा हाक्ष्युँ गरेको हुनुपर्नेछ । अनिमात्र त्यसमा भाइरस सक्रिय भइ बस्न सक्छ र त्यसपछि अर्को व्यक्तिले त्यो प्याकेजमा हात लगाएर त्यही हातले आँखा, नाक या मुख छोयो भने मात्र भाइरस सर्नेछ ।

    ‘रट्गर्स युनिभर्सिटी’ का प्रोपेसर इम्यानुअल गोल्डमनले भनेका छन्, “कोरोना सम्बन्धी अहिलेसम्मका सबै तथ्यहरु हेर्दा भाइरस हावा मार्फत एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना नै सबैभन्दा बढी रहेको देखिन्छ ।”

    अनुसन्धानकर्ताहरुले अझै पनि भाइरस विभिन्न तापमानमा र खानेकुराको सतहमा कतिन्जेल सक्रिय रहन सक्छ भन्नेबारे अनुसन्धान गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार फ्रोजन अवस्थामा भाइरस स्थिर भएर रहन सक्छ र अध्ययनहरुमा पनि ‘माइनस ४ डिग्री फरेनाइट’ मा यो दुई वर्षसम्म जिवित रहन सक्ने पत्ता लागेको छ ।

    तर खानेकुराको प्याकेज टेस्ट गर्दा कोरोना पोजेटिभ आएपनि यसको अर्थ त्यो संक्रमक छ भन्ने चाहिँ होइन । डब्लूएचओको ‘फुड स्ट्यान्डर्डस’ की वरिष्ठ अफिसर सेरा केहिलले बताए अनुसार प्याकेजहरुको जाँच गर्दा त्यसमा केही भाइरल पदार्थ छछैन भनेर हेरिन्छ तर सो किटाणु जिवित छ या सक्रिय छ, कस्तो अवस्थामा छ भन्ने हामीलाई थाहा हुँदैन ।

    कसरी सुरक्षित रहने ?

    अमेरिकी खाद्य तथा औषध विभागले चीनको गतिविधिबारे आफूहरु जानकार रहेको बताएको छ । तर टाइमसँगको बयानमा भने ‘हालसम्म खानेकुरा, खाद्य वस्तुको कन्टेनर या प्याकेज, कोभिड संक्रमणसँग सम्बन्धित हुन सक्नेबारे कुनै प्रमाण छैन’ भनेको छ । हङकङ युनिभर्सिटीका श्रधरले पनि आफू खानेकुरा र प्याकेजलाई व्यापक रुपमा परीक्षण गर्नुपर्छ भन्ने पक्षमा नरहेको बताएका छन् । उनका अनुसार त्यसो गर्नु परालमा सियो खोजेजस्तै हुनेछ ।

    ‘नेस्नल युनिभर्सिटी अफ सिंगापूर’ मा मेडिसिनका प्रोफेसर डेल फिसर भन्छन्, “चीनले कोरोना महामारी सम्बन्धी छुट्टै नीति अपनाइरहेको छ त्यसैले पनि उनीहरु यसबारे चिन्तित छन् । उनीहरुले आफ्नो देशबाट भाइरसलाई पूरै मुक्त गरिसकेको हुनाले पनि शून्य संक्रमणको रणनीतिमा अडिग छन् । ”
    तर जुनसुकै अवस्थामा भएपनि दैनिक उपभोक्ताहरुले यो विषयमा डराउनुपर्ने कुनै आवश्यकता नभएको उनले बताए ।

    उनले थप भनेका छन्, “सो खानेकुरा वा प्याकेज उपभोक्तासम्म आइपुग्दा धेरैपटक यताउती सारिएको, स्टोर गरिएको हुन्छ जसले भाइरसको उपस्थिति धेरै मात्रामा कम गराउनेछ र हामीलाई संक्रमित गराउन सो डोज पर्याप्त हुनेछैन ।”

    यसरी सतहको माध्यमबाट कोरोना संक्रमित हुनबाट बच्न स्वास्थ्यविद्हरुले सुझाएको उपाय भनेकै साबुन पानीले हात धोइरहनु र सार्वजनिकस्थलमा सकेसम्म आँखा नाक मुखमा हातले नछुनु हो । टाइमबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑