वीरगन्ज । बिस्फोटक पदार्थसहित बाराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।विस्फोटक पदार्थसहित फेटा गाँउपालिका १ त्रिवेणी वस्ने २८ बर्षका लालबाबु दास र २७ बर्षका कन्हैया दासलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित लल्का पुल नजिकै चेकजाँच गर्नेक्रममा चितवनतर्फ जादै गरेको ना ७ ख ६०४१ नम्बरको यात्रु बाहक बसबाट प्रहरीले बिस्फोटक पदार्थ बरामद गरेको हो।
सको डिक्कीमा खुर्सानी भएको बोराभित्र लुकाई राखिएको नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम बरामद गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।
बिस्फोट पदार्थसहित पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा ५ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको मिश्रले बताए ।