वीरगन्ज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्।
देशभर २ हजार ५७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
२४ घण्टामा १ हजार ७९८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ। आज देशभर १८ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १२६ पुगेको छ।
आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।