• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उखु किसान पुनः आन्दोलित

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७७, सोमबार १४:३०
  • ३३८५

    वीरगन्ज । चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

    आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् ।

    उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं । छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।’

    उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द भएपछि किसानले दसैंअघि नै बाँकी भुक्तानी गर्ने पर्ने माग गत २६ कात्तिकमा संसदीय समितिमा ज्ञापनपत्रसमेत बुझाएका थिए

    उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको बताए । उनले सरकार नै मूकदर्शक भएपछि आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताए । उनले चिनी उद्योगीबाट अझै ५० करोडभन्दा बढी रकम लिन बाँकी रहेको बताए ।

    तीन वर्ष चिनी उद्योगीले किसानको बक्यौता रकम नदिएपछि काठमाडौंमै आएर आन्दोलन गरेका थिए । आन्दोलनपछि १८ पुस २०७६ मा मन्त्रालयले उखु किसानसँग ५ बुँदे सम्झैतासमेत गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने र मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष पुग्नै लाग्दा किसानहरूले अझै उखुको पैसा पाएका छैनन् ।

    यसैगरी, उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द भएपछि किसानले दसैंअघि नै बाँकी भुक्तानी गर्ने पर्ने माग गत २६ कात्तिकमा संसदीय समितिमा ज्ञापनपत्रसमेत बुझाएका थिए । गत ११ साउनबाट बन्द भएको श्रीराम सुगर मिल्स गरुडा (रौतहट)ले उखु किसानको ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानले समितिलाई जानकारी गराएका थिए ।

    मिल बन्द भएपछि उखु किसान र उद्योगका श्रमिकसमेत मारमा परेको भन्दै उद्योगको पुनर्संरचना र बक्यौता रकम भुक्तानीको मागसहित किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका थिए । उखु उत्पादक संघ रौतहटले गत २६ कात्तिकमा प्रतिनिधिसभा संघीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा श्रीराम सुगर मिलसँग सम्बन्धित उखु किसान, श्रमिक र उद्योगको समस्या समाधान गरिदिन भन्दै निवेदन गरेका थिए ।

    त्यो समयमा संघले मुख्यगरी तीन वटा मागसहित समितिलाई ज्ञापनपत्र बुझाएको थियो । जसमा उखु किसानले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ रकम दसैंअगाडि नै पाउनुपर्ने, उद्योगका श्रमिक र कर्मचारीले पाँच महिनाको तलबभत्ता तथा डेढ वर्षको सञ्चय कोष गरी करिब ४ करोड रुपैयाँ र अन्य सेवासुविधा दसैंअगाडि नै पाउनुपर्ने र उद्योग पुनः सञ्चालन हुनुपर्ने माग राखिएको थियो । तर, सरकारले उखु किसानका उक्ता मागहरू पूरा गर्ने पहलसमेत नगरेर मूकर्दशक बन्दा उखु किसानले पुनः आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑