• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    होम आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितबारे स्वास्थ्य मन्त्रालय बेखबर

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७७, सोमबार ०७:३८
  • २१९३

    वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबीच कोरोना संक्रमितको शव व्यवस्थापनमा तालमेल र समन्वय नभएको एक अध्ययन समितिले निष्कर्ष निकालेको छ। कोरोना संक्रमणपछि मृत्यु भएकाहरूको तथ्यांक फरक परेपछि छानबिन गर्न मन्त्रालयले गठन गरेको समितिले शुक्रबार बुझाएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो।

    समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा मृतकको संख्याबारे मन्त्रालय र सेनालाई उपलब्ध हुने सूचनामा एकरुपता ल्याउनसमते सुझाव दिइएको छ।

    सेनाको तथ्यांक मन्त्रालयको भन्दा ६ सय बढी
    कोरोना संक्रमित मृतकको शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाको तथ्यांकअनुसार कोरोना संक्रमित मृतकको संख्या मन्त्रालयको तथ्यांकमा उल्लेख भएभन्दा करिब ६ सय बढी छ।

    मन्त्रालयले तयार पार्ने तथ्यांकमा संस्थागत आइसोलेनसमा मृत्यु भएकाहरूको संख्या मात्र समावेश हुने तर होम आइसोलेसनमा मृत्यु हुनेहरू छुट्दा नेपाली सेनाको तथ्यांकभन्दा कम देखिएको समितिको निष्कर्ष छ।

    नेपाली सेनाले भने होम आइसोलेसन र संस्थागत आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन गर्ने र सोही अनुसार तथ्यांक अद्यावधिक गर्दै आएको छ।

    मन्त्रालयको आइतबारसम्मको तथ्यांक अनुसार १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जबकि नेपाली सेनाको तथ्यांक मन्त्रालयको भन्दा ६ सय बढी रहेको समितिले शुक्रबार बुझाएको प्रतिवेदनमा उल्लेख छ।

    स्वास्थ्य मन्त्रालयले संक्रमितलाई होम आइसोलेसनमा बस्ने अनुमति दिएपनि उनीहरुको स्वास्थ्य अवस्था र मृत्युबारे चासो नदिँदा कोरोना संक्रमितको मृत्यु कम देखिएको बताइएको छ।

    नेपाली सेनाले सबै कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्न कोरोना पोजिटिभ भएको प्रमाण र वडाको सिफारिस अनिवार्य भएकाले सेनाको तथ्यांक मन्त्रालयको भन्दा विश्वासनीय देखिएको समितिका एक सदस्यले बताए। स्थानीय तहबाट मृतकबारे जानकारी गराउँदा मन्त्रालय र सेनाबीच रेकर्ड राख्ने प्रभावकारी एकद्वार प्रणाली लागू गर्न सुझाव दिएको छ।

    स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे र सिसिएमसीका प्रतिनिधि डा अरुण न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो।

    आफूहरुले शुक्रबार प्रतिवेदन बुझाएको जानकारी दिँदै समितिकी संयोजक रेग्मीले भनिन्, ‘हामीले शुक्रबार नै प्रतिवेदन बुझाएका छौं। होम आइसोलेसनमा मृत्यु हुनेको तथ्यांक मन्त्रालयले नराख्दा सेना र मन्त्रालयको तथ्यांक फरक परेको देखिएको छ।’ संक्रमितको उपचार, आइसोलेसन व्यवस्थापन लगायतका विषयमा ध्यान दिँदा मन्त्रालयले मृतकको रेर्कड दुरुस्त राख्न नसकेको हुन सक्ने उनले बताइन्।

    समितिले कात्तिक १५ गतेसम्म प्रतिवेदन बुझाउने गरी समय पाएको थियो। तर, काम नसकिएपछि कात्तिक २१ गते शुक्रबार मात्र समितिले प्रतिवेदन बुझाएको हो।

    स्वास्थ्य मन्त्रालय, नेपाली सेना र प्रदेश सरकारको कोरोना संक्रमितको मृत्युको तथ्यांकमा विवाद भएपछि मन्त्रालयले त्यसबारे छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको थियो।

    प्रदेशका सामाजिक विकास मन्त्रालयहरूले भने कोभिड व्यवस्थापन र तथ्यांक राख्ने सन्दर्भमा संवेदनशील रुपमा काम नगरेको स्वास्थ्य मन्त्रालयको बुझाइ छ।

    मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोरोना फोकल पर्सन डा महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘नेपाली सेनाको तथ्यांक मन्त्रालयको भन्दा फरक छ। मन्त्रालयमा अस्पताल र स्वास्थ्य संस्थाबाट रिपोर्ट भएको तथ्यांक मात्र आउँछ। सेनाले पनि कोरोना भएको रिपोर्ट, वडाको सिफारिसबिना शव व्यवस्थापन गर्दैन। त्यसैले धेरै हदसम्म सेनाको रिपोर्ट साँचो नै हो। यसमा कहाँ फरक परेको भन्ने समितिले औँल्याएको छ।’

    श्रेष्ठका अनुसार कतिपय संख्या भने सेनामा भएको मन्त्रालयको तथ्यांकमा र मन्त्रालयमा भएको रेकर्ड सेनाको रेकर्डमा नदेखिएको पनि थियो। समितिले प्रतिवदेन बुझाएपछि भने यकिन तथ्यांक आएको र त्यही अनुसार कोरोना संक्रमित मृतकको तथ्यांक अद्यावधिक हुने श्रेष्ठले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑