भारतबाट अवैध रुपमा ल्याएर ग्रामीण क्षेत्रमा चलाइँदै आएका दुई कार प्रहरी नियन्त्रणमा
वीरगंज संजाल
२३ कार्तिक २०७७, आईतवार १९:०७
३२५७
बिरगंज । भारतबाट अवैध रुपमा भित्र्याइएका दुई वटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट अवैध रुपमा ल्याएर पर्साको ग्रामिण क्षेत्रमा चलाइँदै आएका बीआर ०५ डब्लु ५२८३ र डीएल ९ सी ५६४४ नम्बरका दुई कार प्रहरीले नियन्त्रणमा लिएको हो। वीरगञ्ज–१० स्थित ठाकुरराम क्याम्पस अगाडिबाट कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका कार आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।