• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हतियारसहित नेपाल पसेर एकतर्फी सीमा नाप्ने एसएसबीलाई रोके स्थानीयले, ‘सरी’ भन्दै फर्किए भारतीय सुरक्षाकर्मी

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७७, आईतवार १७:५७
  • ३०१३

    कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित सीमा क्षेत्रमा एकतर्फी रुपमा सीमा नापजाँच गर्न आएका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले फिर्ता पठाएका छन्।

    आइतबार विहान बेलौरी वडा नम्बर १० स्थित नेपाल-भारत सीमा स्तम्भ ३२ देखि ३४ नम्बरसम्म निरीक्षण गर्ने भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले नेपाली भूमिमा पसेर नापिरहेका थिए। एसएसबीको टोली आएपछि स्थानीय उनीहरुलाई रोक्न पुगे। केही समयको वादविवादपछि उनीहरुलाई भारत फर्काए।

    घटनास्थल पुगेका सीमा सरोकार समूहका सदस्य हरिश चन्दका अनुसार बेलौरी १० भुडा भन्ने ठाउँको सीमामा नेपाली नागरिक र एसएसबीबीच वादविवाद भएको हो। सीमामा विवाद हुँदा पचुई बीओपीबाट सशस्त्र प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो। नेपाली सुरक्षाकर्मी आएपछि भारतीय एसएसबी सरी भन्दै फर्केको सरोकार समूहका सदस्य चन्दले जानकारी दिए।

    ‘सीमा निरीक्षण र पिल्लरको फोटो खिच्न आएको भनेर बोर्डरबाट ८०/१०० मिटर भित्र आएर डोरीले नेपालीको लालपुर्जा भएको जमिन नापिरहेका रहेछन्,’ उनले भने, ‘स्थानीयले प्रतिकार गरेपछि गल्ती भयो सरी भनेर गए।’

    उनका अनुसार माफी मागे पनि भारतीय सुरक्षाकर्मीले नियत राखेर बारम्बार गल्ती दोहोर्‍याउँदै आएका छन्।

    पछिल्लो समय यहाँ बीओपी स्थापना भएपछि भारतीयबाट दु:ख खेप्दै आएका स्थानीयलाई सहज भएको चन्दको भनाई छ। उनका अनुसार स्ट्रिट नक्सामा नेपालको भूभाग भारततिर पारेपछि यहाँ केही वर्षयता विवाद हुँदै आएको छ। भारतले हुलाकी सडक निर्माणमा समेत अवरोध गरिरहेको छ। ‘माथिबाट नापी टोली आउने भनेको हो। लकडाउन र कोरोना भनेर आएको छैन,’ चन्दले सुनाए। यहाँ ३१ देखि ३४ नम्बर पिल्लरसम्म विवाद छ।

    कन्भोजनगरबाट हवल्दार जसवीर सिंहको नेतृत्वमा आएको एसएसबी टोली महाकाली सिँचाई आयोजनाको मुख्य नहरमै हतियारसहित पुगेको थियो।

    सशस्त्र प्रहरी बल नम्बर ३५ हेडर्क्वाटर शैलेश्वरी गणका प्रमुख एसपी वीरेन्द्र बहादुर ऐरले भारतीय सुरक्षाकर्मी खबर नगरी आउँदा समस्या भएको बताए। ‘पिल्लरको निरीक्षण, तस्विर लिने, जीपीएस लिने काम सीमामा हुँदै आएको छ। हामीले पनि गर्छौं। उनीहरुले पनि गर्छन्। तर गल्ती के भयो भने खबर नगरेर आए,’ ऐरले भने।

    सीमामा विवाद भएपछि पचुई बीओपीबाट इन्स्पेक्टर गएर भारतीयलाई फिर्ता पठाएको एसपी जानकारी दिए। ‘पिल्लरको अवस्था, दुरी, कतै सर्‍यो? कस्तो हालतमा छ भनेर १५ दिन तीन/तीन महिनामा फोटो र जीपीएस लिन्छौं। यो नियमित हुन्छ। खबर नगरी आउनु चाहीँ गलत भयो,’ उनले प्रष्ट्याए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑