• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्रम्पभन्दा बाइडेन प्रशासन फरक हुने सात कारण

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७७, आईतवार २०:०४
  • २६४१

    वीरगन्ज । विश्वले कम्तीमा अबको चार वर्ष विगतको चार वर्ष भन्दा फरक अमेरिका देख्ने छ। चार वर्ष पहिले रिपब्लिकन डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व मञ्चबाट अमेरिका नेतृत्वको भूमिकाबाट पाखा लाग्यो।

    ट्रम्पले ‘अमेरिका फस्ट’ नारा मार्फत विश्व मञ्चबाट एक–एक गरी अमेरिकालाई बाहिर निकाले । विश्वका नेताहरुसँग उनको सम्बन्ध ‘लभ–हेट’ जस्तो छ।

    त्यस विपरीत राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्र्याट जो बाइडेनले आफ्नो सम्बोधनमा विश्व समुदायमा उदाहरणमार्फत नेतृत्व प्रदान गर्ने बताएका छन्। उनले सत्य, समभाव र विश्वास तथा सहकार्यमार्फत सामूहिक स्वार्थको प्राप्ति गर्ने र त्यसका लागि आफ्नो प्रशासनले नेतृत्व गर्ने बताएका छन् ।

    विश्वस्तरमा बाइडेन प्रशासनमा ट्रम्प प्रशासन भन्दा कम्तीमा यी कारणले भिन्न रहने छः

    १) विज्ञानमाथिको विश्वास


    राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार विज्ञानमाथि आफ्नो अविश्वास प्रस्तुत गर्दै आएका छन् । त्यो अविश्वास जलवायु परिवर्तनदेखि कोरोना भाइरसको महामारीका सम्बन्धमा उनले दिएका अभिव्यक्तिहरुले स्पष्ट पारेको छ ।

    उनले कोरोना भाइरसको महामारी सुरुमा सामान्य फ्लू जस्तै रहेको बताए । त्यसबाटै आफै संक्रमित भए पछि पनि गम्भीर रुपमा प्रस्तुत भएनन् । महामारी ‘आफै अन्त्य हुने, चाँडै सकिँदैछ’ भनिरहे र भनिरहेका छन् । त्यस विपरीत महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिले पनि तीव्र गतिमा संक्रमण फैलिरहेको छ ।

    उनले मास्क लगाउन लगातार अस्वीकार गरे र लगाउन थालेपछि पनि त्यसमाथिको विश्वास प्रस्तुत गरेनन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो प्रशासनको कमजोर प्रयास स्वीकार नगरी त्यसमाथि चीनलाई लगातार दोष लगाए र लगाइरहेका छन् । महामारीका बेला पनि मास्क बिहीन भिडभाड युक्त चुनावी सभा गरे ।

    विपरीत पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले लगातार वैज्ञानिक तथा स्वास्थ्य विज्ञको कुरा सुन्नु पर्ने बताए । उनले मास्क लगाए र लगाउन अपिल गरिरहेका छन् । उनले भिडभाडलाई सचेत रुपमा ‘अभोइड’ गरेर साना आकारका चुनावी सभा गरे ।

    ट्रम्पले शीर्ष सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीसहितलाई ‘इडियट’ भनेर उनीहरुको सुझावलाई ‘अन्डरमाइन’ गरेका बेला बाइडेनले उनीहरुका कुरा सुन्नु पर्ने बताएका छन् । विजय सम्बोधनमा बाइडेनले आफ्नो प्रशासनको पहिलो काम महामारी नियन्त्रणमा लिनु रहेको बताएका छन् । उनले वैज्ञानिक र स्वास्थ्य विज्ञको सुझाव अनुसार काम गर्ने बताएका छन् ।

    २) संस्थागत रंगभेदको सम्बोधन


    चुनावअघिको पहिलो टेलिभिजन डिबेटको क्रममा श्वेतहरुको अग्रता (ह्वाइट सुप्रिमिस्ट) को आलोचना गर्न अस्वीकार गरेका ट्रम्पले अमेरिकामा संस्थागत रंगभेद रहेको कुरा अस्वीकार गरे ।

    तर महामारीको यो समयमा विश्व समुदायले अमेरिकामा संस्थागत रुपमा कायम रहेको रंगभेद विरुद्ध लगातार प्रदर्शन देख्यो र सो प्रदर्शनका विश्वका धेरै देशमा ऐक्यवद्धता प्रस्तुत भयो ।

    मिनेशोटाको मिनियापोलमा प्रहरीको ज्यादतीबाट अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनबाट सुरु भएको रंगभेद विरोधी ‘ब्याल्याक लाइफ म्याटर’ ले अमेरिका र विश्वमा स्थापित अभियानको रुप लियो । अमेरिका शहरहरुमा लगातार प्रदर्शन भयो ।

    कतिपय स्थानमा झडपको अवस्था आयो । ट्रम्पले भने सो प्रदर्शनलाई ‘नजर अन्दाज’ गरे । उनले प्रदर्शनकारीलाई बल प्रयोग गरेर पाखा लगाई चर्चमा गएर बाइबल उचाली तस्बिर खिचाए ।

    विपरित बाइडेनले संस्थागत रंगभेद कायम रहेको यथार्थ स्वीकार गरि अन्त्यका लागि आफ्नो प्रशासनले काम गर्ने बताउँदै आए चुनावी अभियानभर र नेपाली समय अनुसार आइतबार बिहान आफ्नो विजय सम्बोधनको क्रममा प्राथमिकताको सूचीमा रंगभेद अन्त्य रहेको उल्लेख गरेका छन् ।

    त्यसको प्रमाणका रुपमा उनले अमेरिकामा शताब्दीदेखि कायम रहेको सबैभन्दा ठूलो बाधालाई पन्छ्याएर पहिलो महिला र पहिलो अश्वेत महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिका रुपमा चयन गरे ।

    ३) जलवायु परिवर्तन


    डोनाल्ड ट्रम्पले लगातार जलवायु परिवर्तनलाई ‘छल’ भन्दै आएका छन् । उनले मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम बढ्दै गएको र जलवायु परिवर्तनले ब्रह्माण्ड संकटमा आउँदै गएको स्वीकार गरेका छैनन् ।

    चुनावी अभियानको क्रममा क्यालिफोर्नियासहितका राज्यमा जंगलमा लागेको भीषण डढेलोको कारण जलवायु परिवर्तन रहेको वैज्ञानिकको भनाईलाई उनले ‘डिस्क्रेडिट’ गर्दै ‘मलाई लाग्दैन कि वैज्ञानिकहरुले धेरै बुझेका छन्, सम्भवतः विस्फोटक रुखका कारण आगो लागेको हुन सक्छ’ भने ।

    ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि विश्वको पछिल्लो र सबैभन्दा महत्वपूर्ण पेरिस सम्झौताबाट अमेरिकालाई बाहिर निकाले । हालै अमेरिका औपचारिक रुपमा पेरिस सम्झौताबाट बाहिरिएको छ ।

    जलवायु परिवर्तनमाथि विश्वास गर्ने बाइडेनले कार्बन उत्सर्जन नियन्त्रण गरि तापक्रम वृद्धि कम गर्ने मार्गको पेरिस सम्झौतामा अमेरिका पुनः सामेल हुने हुने बताएका छन् । उनले कार्बन उत्सर्जन कम गरि भावी पुस्ताका लागि पृथ्वी जीवन योग्य राख्नका लागि आफ्नो प्रशासनले काम गर्ने वाचा गरेका छन् । बाइडेनले त्यसका लागि ग्रिन इनर्जी को योजना सार्वजनिक गरिसकेका छन् ।

    ४) डब्लुएचओ


    कोरोना भाइरसको महामारीबाट विश्व समुदाय नराम्रोसँग प्रभावित भएका बेला संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी सर्वोच्च निकाय विश्व स्वास्थ्य संगठन कमजोर बन्यो । कारण, डब्लुएचओको सबैभन्दा ठूलो सहयोगी अमेरिकालाई ट्रम्पले पर सारे ।

    ट्रम्पले डब्लुएचओलाई चीनको ‘कठपूतली’ बनेको आरोप लगाउँदै सहयोग बन्द गरे । तर विश्वका अरु देशले डब्लुएचओमाथि विश्वास गरेर सहयोग कायम राखे, अझ बढाए ।

    राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले अमेरिकालाई डब्लुएचओमा पुनः सामेल गरि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । बाइडेनले अमेरिका भित्रै स्वास्थ्य सेवा सबैको पहुँचमा ल्याउन थप पहल गर्ने बताएका छन् ।

    ५) अन्तर्राष्ट्रिय सम्बन्ध


    नेटोमा अमेरिकाको भूमिका डोनाल्ड ट्रम्पको कार्यकालमा कम भएको छ । युरोपेली देशसँगको सम्बन्ध कमजोर छ । तर उत्तर कोरियाका नेतासँग भेट गरेर इतिहास बनाए पनि उसले गर्दै आएको परमाणु परीक्षण रोक्न सकेनन् ।

    अमेरिका फस्ट नारा लगाएर उनले विश्व समुदायबाट अमेरिकाको नेतृत्वदायी भूमिकाबाट देशलाई पर लगे ।

    विगत ४८ वर्षदेखि अमेरिकी राजनीतिको केन्द्रमा रहेका बाइडेनले सिनेटका कमिटिहरुमा बसेर तथा बाराक ओबामा काल (सन् २००८–२०१६) मा उपराष्ट्रपतिका रुपमा परराष्ट्र सम्बन्ध स्थापित वा बिस्तारका लागि विश्वका नेताहरुसँग गरेको भेटवार्ता तथा भ्रमणको अनुभवले उनको प्रशासन अन्तर्राष्ट्रिय सम्बन्धमा ट्रम्प भन्दा भिन्न हुने देखिन्छ ।

    ६) अर्थतन्त्र


    डोनाल्ड ट्रम्प प्रशासनले अर्बपतिहरुलाई कर छुट दिने नीति लिएको छ ।

    त्यस विपरित बाइडेनले अर्बपतिहरुको कर बढाउने र मध्यम तथा न्यून आए भएकाहरुलाई सहायता प्रदान गर्ने योजना रहेको बताउँदै आएका छन् ।

    ७) समभाव


    पीडाबाट गुज्रिएका जो बाइडेनको नेता र मानवका रुपमा सबैभन्दा ठूलो विशेषता उनमा रहेको समभाव मानिन्छ । उनले सार्वजनिक जीवनमा व्यक्तिगत तहमा प्रस्तुत भएर दर्शाउने अपनत्वले प्रस्तुत गर्दै आएका छन्।

    ४८ वर्ष पहिले २९ वर्षको उमेरमा माथिल्लो सदन सिनेटको सदस्यमा विजयी भएका बाइडेनले सोही वर्ष श्रीमती र सानी छोरी गुमाए । दुर्घटनामा छोरी र श्रीमतीको निधन भएपछि दुई छोरा बो र हन्टरको स्याहार एक्लै गरे ।

    उनले सन् २०१५ मा प्रिय पुत्र बो बाइडेन गुमाए । बो बाइडेनको क्यान्सरका कारण निधन भएपछि उनी क्यान्सर विरुद्धको अभियानमा सामेल भए ।

    आफ्नो शोक र विग्रहको कथा बारम्बार भन्ने बाइडेन आफू पनि अरु जस्तै पीडाहरुबाट गुज्रिएको व्यक्ति रहेको उदहारण प्रस्तुत गर्ने गरेका छन् । उनले पीडामा प्रस्तुत गर्ने समभाव अमेरिकी तथा विश्वका अरु क्षेत्रमा मानिसले देख्ने गरेका छन् ।

    त्यसविपरीत ट्रम्पबाट सो खालको व्यवहार देखिँदैन । उनले लगातार जस्तो सार्वजनिक रुपमा अरुको मजाक बनाउने वा खिल्ली उडाउने गरेको देखिएको छ ।

    तस्बिरहरु : न्यूयोर्क टाइम्स, एपी, रोयटर्स

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑