• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काेभिड-१९ बारे वल्ड डक्टर्स अलाएन्सकाे भिडियाे भ्रामक, यस्तो छ वास्तविकता

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७७, आईतवार १८:०३
  • २८०९

    वीरगन्ज । केही दिनयता नेपालका फेसबुक प्रयोगकर्ताबीच ब्रेकिङ न्युज भन्दै अंग्रेजी भाषाको सन्देश र त्यससँगै ३ मिनेट २१ सेकेन्डको एउटा भिडियो क्लिप व्यापक रुपमा फैलिएको छ। उक्त सन्देशमा विश्व स्वास्थ्य संगठनले आफ्नो पहिलेको भनाइ विपरित कोभिड–१९ संक्रमितले आइसोलेसन वा क्वारन्टिनमा बस्नु नपर्ने, सामाजिक दुरी कायम गर्नु नपर्ने र एक बिरामीबाट अर्कोमा यो रोग नसर्ने भनेको दाबी गरिएको छ।

    उक्त सन्देशसँगै प्रेषित भिडियो क्लिपमा कोरोनाभाइरसबारे यसअघि फैलाइएका षड्यन्त्र सिद्धान्तहरु दोहोर्याइएको छ। च्याटका लागि प्रयाेग गरिने म्यासेन्जर, भाइबर र ह्वाट्एपमा समेत पठाइएकाे उक्त भिडियोमा आयरल्याण्डकी प्राध्यापक डोलोरेस काहिलले कोभिड–१९ लाई मौसमी भाइरसको संज्ञा दिँदै यसको उपचार भएको दाबी गरेकी छन्। उनले त्यसको औषधि भएको बताउँदै लकडाउन गर्ने, मास्क लगाउने, क्वारेन्टाइनमा बस्ने र सामाजिक दुरी कायम गर्ने जस्ता कदमहरुको विरोध गरेकी छन्।

    नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच पनि व्यापक भएको उक्त भिडियोको अर्को १८ मिनेट लामो संस्करण पनि फेला परेको छ। उक्त भिडियो वल्ड डक्टर्स अलाएन्स नामक संस्थाको गत अक्टोबर १० मा जर्मनीको बर्लिनमा भएको एक कार्यक्रमको हो। उक्त कार्यक्रममा आयरल्याण्डस्थित युनिभर्सिटी कलेज डब्लिनकी प्राध्यापक तथा आइरिस फ्रिडम पार्टीकी अध्यक्ष रहेकी काहिल, वल्ड डक्टर्स अलाएन्समा आबद्ध जर्मनीका चिकित्सक हाइको सोनिङ र पाकिस्तानी मुलका बेलायती चिकित्सक मोहम्मद अदिल लगायत सहभागी भएका थिए।

    समाचारहरुमा जनाइएअनुसार यस महामारी विरुद्ध अफवाह फैलाउन सक्रिय तीनैजना विवादित व्यक्ति हुन्। काहिलले अध्यापन गर्ने विश्वविद्यालयले उनका भनाइबाट आफुलाई अलग्याएको एक वक्तव्यमार्फत प्रष्ट्याएको छ भने युरोपियन युनियनले उनी संलग्न एक समितिबाट राजीनामा दिन भनेको छ। त्यस्तै जर्मन डाक्टर सोनिङ लण्डनमा डेढ महिना अघि भएको एउटा मास्क विरोधी सभाबाट पक्राउ परेका थिए। डाक्टर अदिललाई बेलायतको मेडिकल रजिस्टरले कोभिड–१९ बारे अफवाह फैलाएका कारण १२ महिनासम्म निलम्बन गरेको छ।

    साउथ एसिया चेकले उक्त सन्देश र भिडियो क्लिपको तथ्य जाँच गरेको छ।

    पहिलो दाबी

    “विश्व स्वास्थ्य संगठनले कोभिड–१९ संक्रमितले आइसोलेसन वा क्वारन्टिनमा बस्नु नपर्ने, सामाजिक दुरी कायम गर्नु नपर्ने र एक बिरामीबाट अर्कोमा नसर्ने जनाएको छ।”

    विश्व स्वास्थ्य संगठनले अहिले पनि कोभिड–१९ को संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्नेमा जोड दिएको छ। कोभिड–१९ बाट संक्रमितले आइसोलेसनमा बस्नुपर्ने र संक्रमणको जोखिममा परेकाले क्वारन्टिन बस्नुपर्ने भनी विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अहिले पनि कायमै छ। त्यस्तै उसले आफ्नो वेबसाइटमा संक्रमित व्यक्तिले खोक्दा, बोल्दा, हाछ्युँ गर्दा, गीत गाउँदा वा छिटो सास फेर्दा यो रोग सर्ने जनाएको छ। “अहिलेसम्मको प्रमाणका आधारमा यो भाइरस एक अर्काको नजिक भएका व्यक्तिहरुबीच श्वास प्रश्वासका क्रममा नाक र मुखबाट निस्किएका ससाना छिटाबाट सर्ने देखिन्छ,” उसको वेबसाइटमा उल्लेख छ।

    दोस्रो दाबी

    “कोरोनाभाइस मौसमी भाइरस हो। यसका कारण डिसेम्बरदेखि अप्रिल महिनासम्म लक्षण देखिने र बिरामी हुने हुन्छ। यसका बिरामीका लागि इन्हेल्ड बुडेसोनाइड, हाइड्रोक्सिक्लोराेक्वीन, जिङ्कजस्ता औषधि छन्। त्यसैले लकडाउन, मास्क, क्वारन्टिन र सामाजिक दुरीको अर्थ छैन।”

    अमेरिकाको संक्रामक रोगसम्बन्धी संघीय निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार मौसमी रुघाखोकी (फ्लु) र कोभिड–१९ दुवै श्वासप्रश्वाससम्बन्धी संक्रामक रोग भएपनि तिनमा केही आधारभुत भिन्नता छन्। ती दुवै फरक भाइरसले सार्छन्। कोभिड–१९ फ्लुभन्दा चाँडो सर्ने र यसले गम्भीर बिरामी पार्ने सिडिसीले जनाएको छ। फ्लुका विरुद्ध खोप बनिसकेको छ भने कोभिड–१९ को छैन। डा काहिलले उक्त भिडियोमा कोभिड–१९ र फ्लु एउटै भनी भ्रामक दाबी गरेकी छन्। अ‌ंग्रेजी महिनाकाे डिसेम्बरदेखि अप्रिलसम्म मात्र यसले बिरामी हुन्छन् भन्ने उनकाे दाबी पनि गलत सावित भइसकेकाे छ।

    काहिलको अर्को दाबी कोभिड–१९ का बिरामीका लागि उल्लेखित औषधिबारे छ। साससँगै लिइने इन्हेल्ड बुडेसोनाइड नामक औषधि दमका बिरामीले सेवन गर्छन्। यो औषधिबाट कोभिड–१९ का बिरामी निको नहुने विभिन्न अध्ययनले देखाइसकेका छन्। त्यस्तै हाइड्रोक्सिक्लोराेक्वीन नामक औषधि पनि यसका लागि प्रभावकारी नहुने सिद्ध भइसकेको छ। मलेरियाको औषधिको रुपमा प्रयोग गरिने हाइड्रोक्सिक्लोरिक्वीन कोभिड–१९ का विरुद्ध उपयुक्त नहुने विभिन्न अध्ययनहरुमा देखिएको अमेरिकी समाचार संस्था एपिले जनाएको छ। यससँगै एजिथ्रोमाइसिन वा जिङ्कको सेवनले समेत यस महामारीबाट पार पाउन नसकिने विज्ञहरुको ठहर छ। जिङ्कको सेवनले कमन कोल्ड (सर्दी) बाट बच्न सकिने भएपनि यो कोभिड–१९ का विरुद्ध उपयोगी नहुने न्यु योर्क टाइम्सको एक लेखमा पनि जनाइएको छ।

    तेस्रो दाबी

    “हामीले यो मेडिकल प्याण्डेमिक (स्वास्थ्य महामारी) हो भन्ने कुनै आधार भेटेका छैनौँ।”

    नेपाली प्रयोगकर्तामाझ व्यापक बनाइएको उक्त भिडियो क्लिपको अन्त्यतिर बोल्ने जर्मन डाक्टर सोनिङले माथिको दाबी गरेका हुन्। कोभिड–१९ को असरलाई सामान्यीकरण गर्ने र यसबारे षडयन्त्र सिद्धान्त फैलाउन उनले यस्तो भनाइ राखेका हुन्।

    विश्व स्वास्थ्य संगठनका अनुसार कुनै रोगव्याधी अन्तर्राष्ट्रिय सीमा पार गरेर विश्वभरि फैलियो र त्यसबाट ठूलो संख्यामा मानिस संक्रमित भएमा त्यसलाई महामारी अर्थात् प्याण्डेमिक भनिन्छ। सन् २००९ मा फैलिएको एचवाएनवान भनिने स्वाइन फ्लुलाई पनि विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको थियो।

    जनस्वास्थ्य विद सुशील कोइरालाले उक्त भिडियोमा उल्लेखित भ्रामक दाबीको खण्डन गर्दै फेसबुकमा गत कात्तिक २० गते एउटा पोस्ट शेयर गरेका छन्। उनले भिडियोमार्फत आफुलाई विज्ञ दावी गर्ने तिनले जटिल वैज्ञानिक भाषाको प्रयोग गरी त्रसित र अलमलमा परेका सर्वसाधारणसमक्ष भ्रम छर्ने प्रयास गरेको बताएका छन्। “मलाई थाहा भएसम्म कोभिड–१९ एउटा खतरनाक चिज हो। यसले तपाई वा तपाईको आफन्तलाई तपाईबाट खोस्न सक्छ,” आफ्ना बुबा कोभिड–१९ का कारण २२ दिनदेखि आइसियुमा रहेको बताउँदै उनले भनेका छन्।

    अमेरिकास्थित फ्याक्टचेक डट अर्ग र भारतको बुम लाइभले पनि उक्त भिडियोको तथ्य जाँच गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑