• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा १४ कठ्ठा ऐलानी जग्गामाथि माफियाको अतिक्रमण, वडावासी बिरोधमा

  • वीरगंज संजाल
  • २२ कार्तिक २०७७, शनिबार २३:०४
  • ४५७३

    बारा । बिनोद पटेल । बारामा अवस्थित १४ कठ्ठा ऐलानी जग्गामाथि माफियाले अतिक्रमण गरेको छ । बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. २३ मा रहेको १४ कठ्ठा ऐलानी जग्गा एक जग्गा माफियाले अतिक्रमण गरी आफ्नो नाउमा दर्ता गराएकोमा वडावासी बिरोधमा उत्रेका छन् ।

    बारा जिल्ला साविक गाविस भतौडा वडा नं. ८ र हाल कलैया उमहानगरपालिका वडा नं. २३ टोल बैराठपुरमा रहेको किता नं. १३ को ९ कठ्ठा १० धुर र साविक गाविस भतौडा वडा नं. ५ र हाल कलैया उमनपा वडा नं. २३ टोल कोईरीयाटोलमा रहेको किता नं. ३१२ को ४ कठ्ठा ५ धुर ऐलानी पर्ती जग्गा स्थानिय दुर्गा पटेलले एकलौटी रुपमा आफ्नो नाममा नामसारी गराएको प्रति स्थानिय वडावासीहरुले अदालतको शरणमा पुगेका छन् ।

    ऐलानी पर्ती जग्गा सुकुमबासी बनी सरोकारवालाहरुलाई झुक्याएर दुर्गा पटेलले सो १४ कठ्ठा जग्गा आफ्नो नाममा दर्ता गराएको जानकारी हुन साथ स्थानियहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं, हेटौंडा र सम्मानित बारा जिल्ला अदालतमा समेत मुद्दा दायर गरेका छन् ।

    सो १४ कठा जग्गा मध्ये केही जग्गामा एउटा सार्वजनिक धर्मशाला पनि रहेको छ । सो धर्मशालामा दुर्गा पटेलले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको र स्थानियवासीहरुलाई पस्न समेत नदिने गरेको स्थानियहरुले गुनासो गरेका छन् ।

    दुर्गा पटेलको बुवा एउटा सरकारी कर्मचारी भएको आडमा २०६६ सालमा सुकुमबासी आयोग मार्फत सो जग्गा आफ्नो नाममा दर्ता गराउन सफल भएका हुन् । सो जग्गा व्यक्तिको नाउमा दर्ता भए पश्चात नै लगभग २०६७÷०६८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा मुद्दा नं. १५८१३ मा उजुरी दर्ता गराएको स्थानिय कन्हाईलाल ठाकुरले बताए ।

    बाबु, बाजेको पालादेखि नै सो ऐलानी पर्ती जग्गा रहेकोले हामी कुनै पनि हालतमा सो जग्गा कुनै व्यक्ति विशेषको नाउमा जान नदिने स्थानिय रामएकबाल पटेलले बताए । सो जग्गा व्यक्तिको नाममा दर्ता भएकोले स्थानिय वडावासीहरुले सम्मानित जिल्ला अदालत बारामा मुद्दा दर्ता गराएका छन् ।

    सोही मुद्दाको प्रक्रिया अगाडि बढदै शनिवार सम्मानित बारा जिल्ला अदालतबाट डोर खटाई जग्गा नापजाँच भएको छ । सम्मानित बारा जिल्ला अदालतमा मुद्दाको पेशी मंसिर १० गते रहेको स्थानियहरुले बताएका छन् । सो सम्बन्धमा वडा नं. २३ का वडा अध्यक्ष विक्रम साह कानुले मुद्दा अदालतमा बिचाराधिन रहेकोले अदालतको जे फैसला हुन्छ त्यो मान्न आफुहरु तयार रहेको बताए ।

    सो सम्बन्धमा जग्गा नामसारी गराएका दुर्गा पटेलले २०÷२५ वर्ष पहिला नै साहु महाजनबाट सो जग्गा किनेको दाबी गरेका छन् । धर्मशाला पनि आफुले आफ्नो जग्गामा बनाउन दिएको बताउदै सो १४ कठा जग्गा मेरो नम्बरी रहेकोले आफुले जोतभोग गर्न नछाडने प्रतिक्रिया दिएका छ्न।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑