वीरगन्ज । विभिन्न मिडिया ग्रुपले अमेरिकी राष्ट्रपति निर्वाचन जो बाइडेनले जितेको प्रक्षेपण गरेका छन् । पछिल्लो मतगणना अनुसार बाइडेनले २० इलेक्ट्रोल मत रहेको पेन्सलभिनिया बाइडेनले जित्ने अनुमान गर्दै बाइडेनले २७३ इलेक्ट्रोल मत पाएको प्रक्षेपण गरेका छन् ।
राष्ट्रपति ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्ट्रोल मत पाएका छन् ।
अमेरिकी मिडिया सिएनएन, एबिसी, एनबिसीले बाइडेन अमेरिकाको ४६औ राष्ट्रपतिमा निर्वाचित भएको प्रक्षेपण गरेका छन् । त्यस्तै बिबिसीले पनि बाइडेनले पेन्सलभिनिया जितेर राष्ट्रपतिमा विजयी भएको उल्लेख गरेको छ ।
पेन्सलभिनियाको पछिल्लो मत गणनामा बाइडेन ३४ हजार ४१४ मतले अगाडी रहेका छन् ।
पेन्सलभिनियासहित पाँच राज्यमा मतगणना अझै जारी रहेको छ । जसमा चार राज्य पेन्सलभिनिया, नेभाडा, जर्जिया र एरोजोनामा बाइडेन अगाडी रहेका छन् भने नर्थ कारोलोनामा ट्रम्प अगाडी रहेका छन् ।
त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केहि बेर अघि ट्वीट गर्दै आफुले चुनाव जितेको घोषणा गरेका छन् । ट्रम्पले मतदानमा धाधली भएको बताउदै आफुले चुनाव जितेको घोषणा गरेका छन् ।