वीरगञ्ज । अनिल साह। डिसेमल कलेज वीरगञ्जको सहकार्य र सुचनाको हकको लागि राष्ट्रिय सञ्जाल द्धारा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।डिसेमल कलेज वीरगञ्जको सहकार्य तथा सुचनाको हकको लागि राष्ट्रिय सञ्जाले आयोजनामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा ३० विभिन्न स्कुलका छात्र,छात्रा,शिक्षक लगायत १० जना स्थानीय भ्रष्टचार बिरुद्धका अभियन्ता उदय कुशवाहा , प्रबिन मणिपाल, अकतर मिया, संजित कुहवाहा, प्रमला गिरी, बिजय बैठा, सलामत हुसेन लगायतका यूवाहरुको सहभागिता रहेका थिए ।
डिसेमल कलेज वीरगञ्ज प्राङ्गणमा सम्पन्न सो कार्यक्रमा सुचना के हो ? र केका लागि, सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५को उप दफा ३ र नियमावलीको ३ बमोजिम दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका बनाएको अधिकार हरेक नेपालीले पाउनुपर्न मौलिक अधिकारमा रहेकोले प्रत्येक नेपालीले आफ्नो हक प्रोग गरि सरकारी वा गैरसरकारी संस्थाहरुमा भ्रष्टाचार न्यूनिकारण गर्ने उदेश्यले त्योसंस्थाको हरेक ३÷३ महिनामा आफ्नो सुचनाको हक प्रयोग गरी सुचना लिनसकिने र उपसिथत अभियन्ता यूवाहरुलाई सूचनाको हक र अधिकार सम्बन्धी ऐन नियमको वारेमा जानकारी दिने र सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५को उप दफा ३ र नियमावलीको ३ बमोजिम दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको अधिकार प्रभावकारी रुपमा सूचना माग्ने क्रमको विकासको लागि तालिम संञ्चालन गरिएको आयोजक संस्थाका केन्द्रीय सदस्य एंवम पर्सा जिल्ला अध्यक्ष मनोज रौनियारले बताएका छन ।
डिसेमल कलेज वीरगञ्जको सभाहलमा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा सहभागीहरुले ऐन २०६४ को दफा ५को उप दफा ३ र नियमावली प्रोग गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा बिभिन्न बाधा,अडचन,समस्याहरुलाई लक्षित गर्दै सुचनाको हक सम्बन्धी १८ जना अभियन्ताहरुले हुलाक द्धारा सुचना माग गरीसकेका छन । भने विभिन्न कार्यालयहरुमा समेत सूचना मागको निवेदन दर्ता गराउन छलफल भईरहेको सो कार्यक्रममा उपस्थित भ्रष्टाचार बिरुद्धको अभियन्ता उदयनारायण कुशवाहाले बताएका छन ।
अधिकांश सहभागीहरुले आफ्नो गाउँ पालिका, स्वास्थ्य चौकी, विद्यालयमा अनेक घटनाक्रम रहेको भएता पनि यो ऐनको बारेमा आफूहरुलाई थाहा नभएको कारण ती निकायमा हुने गरेको ढिलासुस्ती, अनुचित कार्य तथा सेवासुविधा वारे जानकारीबाट आफुहरु बञ्चित रहदै आएको बताए । सुशासन कायममा यो प्रभावकारी औजार रहेकोले प्रयोग गर्ने प्रतिवद्धता समेत सहभागीहरुले व्यक्त गरे । कार्यक्रमको प्रशिक्षक सुचनाको हकको लागि राष्ट्रिय सञ्जाल केन्द्री सदस्य मुकेश कुशवाहा प्रशिक्षण दिएका दिए भने कार्यक्रमको सहजिकरण डिसेमल कलेजका कोडिनेटर÷प्रध्यापक रामआशिस चौरसिया गरेका थिए ।