• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अपडेट नै हुँदैनन् स्थानीय तहका वेबसाइट, सामान्य विवरण लिन पनि कार्यालय नै धाउनुपर्ने

  • वीरगंज संजाल
  • २१ कार्तिक २०७७, शुक्रबार ०८:३२
  • ३३०१

    वीरगन्ज ।जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक स्थानीय तहले आफ्नो वेबसाइट बनाएका छन्। आफ्ना गतिविधिलाई पारदर्शी, सेवामूलक र जानकारीमूलक बनाउन सबै सामग्री अपलोड गर्ने लक्ष्यका साथ स्थानीय तहमा सूचना प्रविधि अधिकृतको समेत व्यवस्था गरिएको छ। यद्यपि, अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट गरेको पाइँदैन।

    जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन्। बरु, कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा अढाई वर्षअघि निर्वाचित जनप्रतिनिधिको विवरण र बोलपत्र आह्वान गरेका विज्ञापन मात्र राखेका छन्। आफूहरूलाई चाहिने मुख्य विवरण नै लुकाउने गरेको सेवाग्रहीको गुनासो छ।

    स्थानीय तहका अनलाइनमा जनतालाई आवश्यक पर्ने जानकारीमूलक सामग्री नराखिएको जनकपुरधाम उपमहानगरपालिकाका १३ का युवा राजन झाले बताए।

    उनले भने, ‘वेबसाइटमा विवरण नराख्नु जनतालाई सिधै ठग्नु हो। लाखौँ खर्च गरेर स्थानीय तहले वेबसाइट बनाएका छन् र सरकारले सूचना प्रविधि अधिकृतको समेत व्यवस्था गरेको छ, तैपनि स्थानीय तहको वेबसाइट अपडेट नहुनु दुःखद् हो।’

    सामान्य विवरण समेत गाउँपालिकाको वेबसाइटमा नभेटिएको पिपरा गाउँपालिकाका रोशन कामतको गुनासो छ।

    स्थानीय तहले वेबसाइट बनाएर पनि विभिन्न विवरण वेबसाइटमा नहाल्नु गैरजिम्मेवारीपन रहेको कामतको भनाइ छ।

    ‘गाउँगाउँमा इन्टरनेटको पहुँच सहज भएका बेला व्यक्तिगत घटना दर्ता, स्थानीय तहका मासिक, चौमासिक र वार्षिक प्रगति विवरण, खर्च तथा आम्दानीका विवरण अनलाइनमा नियमित अद्यावधिक हुनुपर्नेमा त्यस्तो पाइँदैन,’ उनले भने।

    जनकपुरधाम उपमहानगरपालिकाको वेबसाइट खोल्दा निर्वाचित वडाध्यक्ष तथा वडा सदस्यहरूको विवरण देख्न सकिन्छ। वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन लगायतका विवरण भने अपडेट नै गरिएको छैन।

    यस्तै, वेबसाइटमा विद्युतीय शुसासन सेवा अन्तर्गत घटना दर्ता विवरण आर्थिक वर्ष २०७१/०७२ पछि अपडेट नै गरिएको छैन। यस विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले वेबसाइट किन अपडेट नभएको हो भन्ने विषयमा आफूलाई केही जानकारी नरहेको बताउँछन्।

    यादवले भने, ‘वेबसाइट अपडेट भयो, भएन, किन भएन त्यस विषयमा मलाई केहि जानकारी छैन। हुन सक्छ शाखाका कर्मचारीहरुले वेबसाइट अपडेट गर्ने कर्मचारीलाई डाटा नदिएर अपडेट नभएको होला।’

    यस्तै, धनुषाको उत्तरी भेगमा पर्ने क्षिरेश्वरनाथ नगरपालिकाको हालत पनि उस्तै हो। वेबसाइटमा निर्वाचित वडाध्यक्ष तथा वडा सदस्यहरूको विवरण देख्न सकिन्छ विभिन्न मितिमा निकालिएको सूचनाको विवरणहरु पनि छ तर मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदनलगायतका विवरण भने अपडेट नै गरिएको छैन।

    यस विषयमा नगरपालिकाका सूचना अधिकारी अजय कुमार यादवले भने, ‘वेबसाइट अपडेट हुनु पर्ने हो तर अपडेट गर्ने कर्मचारीले नगरेको कारणले अपडेट नभएको हुन सक्छ। यस विषयमा बुझ्छु म।’

    यता वेबसाइट अपडेट गर्ने कर्मचारी सूचना प्रविधि अधिकृत अमर पजियारले आफूलाई डाटा नआएकै कारणले अपडेट नभएको बताउँछन्।

    अधिकांश स्थानीय तहका वेबसाइटहरुमा निर्वाचित वडाध्यक्ष तथा वडा सदस्यहरूको विवरण त उल्लेख गरिएको छ तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु उल्लेख नै गरिएको पाइँदैन। वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन लगायतका विवरण समावेश गर्ने भनिए पनि ती पूर्ण छैनन्। वेबसाइट अपडेट नहुँदा सामान्य सूचना लिनका लागि पनि स्थानीय तहहरुको कार्यालयसम्म पुग्नु पर्ने बाध्यता रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑