बारा। जिल्ला प्रशासन कार्यालय बारा ,कलैयामा नाबालिक प्रमाणित ,मधेसी ,प्रमाणित ,दलित प्रमाणित तथा जनजाति प्रमाणित गराउने घुईचो लाग्ने गरेका छन् ।जिल्ला प्रशासन कार्यालयमा नागरिकता बाहेक अन्य कामको चाप भएको बेला यस्ता प्रमाणितको कामले झन् चुनौती थपिएको छ ।
घण्टौ लाईनमा बसेर नाम ,थर तथा मधेसी प्रमाणित गराएका उमेश कुमार कुशवाहाले बताउनुभयो ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्ना खुलेका कारण मधेसी प्रमाणित गराएको र नागरिकतामा बुबाको नाममा महेन्द्र प्रसाद कोईरी र मेरो नाममा कुशवाहा भएको प्रमाणित गराउन अाएको उनले बताए ।बाराको १६ पालिका मध्ये केही पालिकाको काम हप्तामा केही दिने हुने गरेको छ।
कोरोनाको महामारी कारण यस्तो विधि अपनाईएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय बारामा अहिले धेरै प्रमाणित गर्नेको घुईचो लाग्ने गरेको प्रशासन फाटमा काम गर्ने मन्दिप कुमार बताउनुभयो ।दिनहुँ १०० भन्दा बढीको यस्तै काम प्रमाणित भईरहेको उनले बताए ।
धेरै टाढाबाट अाएका सेवाग्राहीहरुलाई मर्का पर्ने गरेको बारागढी गाउँपालिका घर भएका दिनेश चौधरी थारुले बताउनुभयो ।दुई दिनमा मात्र जनजाति प्रमाणित गराउन पुगेको सेवाग्राही थारुको भनाइ रहेको छ ।जिल्ला प्रशासन कार्यालय बाराले कोरोनाको मध्ये नजर गरेर विभिन्न कामको चापलाई कम गर्न सहज वातावरण छुट्टाछुट्टै फाटबाट काम गराउन थालिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत मुरारी कार्कीले बताउनुभयो ।
अहिले अन्य काम भन्दा बढी प्रमाणित गराउनेको चाप बढी हुने गरेको प्रमुख प्रशासकीय अधिकृत कार्कीको भनाइ रहेको छ ।जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरीको १२ नम्बर गण दक्षिण झिटकैयामा रहेको कार्यालयमा समेत प्रहरीमा भर्म भर्नेको घुईचो लाग्ने गरेको बताईएको छ ।जिल्ला प्रशासन कार्यालय बारामा केही कर्मचारीको सरुवा भएका कारण केही फाँटको काममा ढिला सुस्ती हुने गरेको सेवाग्राहीहरुको भनाइ रहेको छ ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।अजय यादव वियोगी ।