• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफ्नै निर्वाचन विवादमा, तर अन्य देशलाई प्रजातन्त्रको पाठ पढाउँदैछ अमेरिका

  • वीरगंज संजाल
  • २० कार्तिक २०७७, बिहीबार १४:११
  • ३४१३

    बुुधबार बिहानै आईभोरी कोस्टस्थित अमेरिकी दूतावासले त्यहाँका नेताहरुसँग प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनप्रति आफ्नो प्रतिबद्धता देखाउन अपिल गर्दै विज्ञप्ति निकाल्यो । विश्वका धेरै देशमा निर्वाचन हुँदा अमेरिकी कुटनीतिज्ञहरुले यस्तै भाषामा विज्ञप्ति निकाल्छन् । विशेषगरी त्यस्ता देशमा जहाँ प्रजातन्त्र पूर्ण रुपमा सुरक्षित छैन ।

    तर, आईभोरी कोस्टमा अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्नुुभन्दा केही घण्टाअघि अमेरिकी राष्ट्रपतिले आफ्नै निर्वाचनबारे जथाभावी टिप्पणी गरे । ह्वाइटहाउसमा स्थानीय समयअनुसार मंगलबार मध्यरातको केही घण्टा बितेपछि डोनाल्ड ट्रम्प आफ्ना प्रतिस्पर्धी जो बाइडेनविरुद्ध खनिए । उनले ‘मतगणना सबै बन्द हुनुुपर्छ’ भने । आधारहिन रुपमा उनले डेमोक्रेट्सहरुले धाँधली गरेको आरोप लगाए । ट्वीटरमा पनि उनले यस्तै आरोप लगाए, जसकारण ट्वीटरसहितका अन्य सामाजिक सञ्जालले उनका पोस्टहरुसँगै चेतावनीयुक्त सन्देश पनि  राखिदिएको थियोे । जहाँ उनका सन्देश ‘विवादीत’  र ‘गलत’ हुनसक्ने उल्लेख थियो ।

    तनावपूर्ण बहस र कुुरुप अभियानले पहिल्यै विदेशमा अमेरिकी प्रजातान्त्रिक प्रणालीको कमजोरी देखाइसकेको थियो, तर अमेरिकी नेताले खुलेयाम ‘मतलाई यसरी अवैध ठहर गर्न खोज्छन्’ भन्ने विषय धेरैका लागि अझै आश्चर्य थियो ।

    धेरै देशमा ट्रम्पको टिप्पणीलाई आतङ्कका रुपमा लिइयो, केही देश यस्तो टिप्पणीबाट खुसी पनि थिए, जहाँ आलोचकहरुले लामो समयदेखि प्रजातान्त्रिक अधिकारबारे वासिङटन बढी जान्ने बनेको आरोप लगाउँछन् ।

    बुधबार जर्मन रक्षामन्त्री एन्नीग्रेट क्राम्प कारेनबाउरेले अमेरिकाले धेरै खतरनाक अवस्था र सम्भावित संकट सामना गरेको बताए । ‘यो निर्वाचनको निर्णय भइसकेको छैन …। अझै मतगणना भइरहेको छ । तर, नतिजाको वैधतालाई लिएर लडाइँ सुरु भइसकेको छ ।’

    बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले यस निर्वाचनबारे टिप्पणी गर्न अस्विकार गरे । यद्यपी, कन्जरभेटिभ पार्टीका विधायक तथा पूर्व विदेशमन्त्री जेरेमी हन्टले बीबीसीसँग भनेका छन्, ‘यस प्रक्रियाबारेको ठूलो बहसले पुटिन र सी जिनपिङजस्ता राष्ट्रपतिहरुको मुहारमा हाँसो ल्याउनसक्छ । उनीहरुले आफ्नै जनतातर्फ फर्किएर सोध्न सक्छन् – हामीले यस्तो तनाव व्यहोर्नुपरेको छैन, के यसमा तपाईं खुसी हुनुुहुुन्न ? र, यस्तो अवस्था पूर्णत विध्वंश हो ।’

    हन्ट थप्छन्, ‘हामीले यो सम्झनुपर्छ कि विश्वभरको प्रजातन्त्रको प्रतिष्ठा यहाँ दाउमा परेको छ ।’

    वर्षौँदेखि अमेरिकाले विश्वभर प्रजातान्त्रिक प्रक्रियाको न्यायाधिशका रुपमा आफुलाई उभ्याइरहेको छ, उसले मतदान प्रक्रियालाई निगरानी गर्छ, प्रजातान्त्रिक विपक्षीहरुलाई समर्थन गर्छ र निर्वाचनलाई अवमुल्यन गरेको वा धाँधली गरेको भन्दै देशहरुको आलोचना गर्छ । यसै साता अमेरिकी सिनेट विभागले चीनको अर्धस्वायत्त भूूभाग हङकङमा प्रजातान्त्रमाथि आक्रमण भएको भन्दै निन्दा गरेको थियो । रुसको निकट सहयोगी बेलारुसमा तनावपूर्ण निर्वाचनपछि निर्वाचित भएका अलेस्यान्द्र लुकासेन्कोलाई अमेरिकाले ‘वैध निर्वाचित नेता’ मान्दैन ।

    अमेरिकाको मत परिणाममा ढिलाइ किन ?

    नैतिक अधिकारको यस भावनामाथि अब विश्वका धेरै भूूभागमा प्रश्न उठ्नसक्नेछ । मङ्गलबारको मतदानपछि रुसी सरकारी प्रशारण संस्था आरटीले अमेरिकालाई क्षतिग्रस्त र विभाजित देश बनेको छ । ट्रम्पको टिप्पणीले निम्त्याउनसक्ने  संभावित तनावलाई आरटीका धेरै स्तम्भकारले प्राथमिकतामा राखेका छन् । एकजनाले लेखेका छन्, ‘यो घटनाले अमेरिकी प्रजातन्त्रको कठोर तस्विर कोरेको छ ।’

    चीनले आफ्नो निरङ्कुश मोडलको समर्थन गर्नका लागि अमेरिकी प्रजातन्त्रका कमजोरीहरुलाई लामो समयदेखि प्रयोग गरिरहेको छ र मंगलबारको मतदानमा देखिएका दुविधा र चिन्ता पनि फरक छैन ।

    चीनका कुटनीतिज्ञ र आधिकारिक सरकारी मुखपत्रहरु अमेरिकी निर्वाचनको नतिजा र जारी प्रतिस्पर्धाबारे धेरै हदसम्म मौन छन् । तर, उनीहरुले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रजातन्त्रको पहरेदारका रुपमा आफुलाई उभ्याउने वासिङ्टन र राष्ट्रपति ट्रम्पको टिप्पणीबारेको भिन्ततालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले बुधबार ‘अमेरिकाको गहिरो विभाजन लोकतान्त्रिक मुल्यको विपक्ष छ’ शीर्षकमा टिप्पणी प्रकाशित गरेको छ ।

    ‘सभ्य र सुन्दर ढंगले प्रजातन्त्रको अभ्यास गरिन्छ । जसले निर्वाचन गुमाउँछ । निर्वाचन गुमाउनेले शान्त रहेर नतिजा स्वीकार्दै भिन्नता कम गरेर देशलाई अघि बढाउनका लागि अपिल गर्ने अपेक्षा गरिएको हुन्छ । तर, आजकल अमेरिकामा यस्तो हुन्छ जस्तो देखिँदैन,’ वाङ वेनवेनले लेखेका छन् । 

    कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको द बेइजिङ न्युज पत्रिकाले लेखेको छ,‘ २०२० को निर्वाचन जोसुकैले जितोस्, अमेरिकी समाज जस्तो थियो, त्यस्तो अवस्थामा फर्कन सक्दैन ।’ डोनाल्ड ट्रम्पको कार्यकाल र अहिलेको प्रतिस्पर्धाले अमेरिकी मान्यताहरुलाई च्यातिरहेको उसको ठम्याई छ । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनले कुनै समय स्वतन्त्रता  र प्रजातान्त्रिक अधिकार खोज्नेहका लागि अमेरिका ‘प्रकाश’ बन्ने बताएका थिए । यद्यपी, रेगनले आफ्नै कार्यकालमा तानाशाहहरुलाई समर्थन गरेकाले उनको दाबी आलोचनामुक्त छैन । तर, धेरैका लागि यो सन्देश शक्तिशाली र प्रेरणादायी भने रहिआएको छ । यद्यपी, यस वर्षको निर्वाचनले उनको सन्देशमा दीघकार्लिन क्षति पुु-याउनसक्छ र प्रजातन्त्रलाई कसरी सञ्चालन गर्ने भनेर अमेरिकाले अरुलाई सिकाउँदा उसको विश्वसनीयतामाथि पनि प्रश्न उठिरहेको हुन्छ ।

    सीएनएनबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑