• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकी चुनावः जितको सप्तरंगी लहरमा सवार एलजीबीटी+ 

  • वीरगंज संजाल
  • २० कार्तिक २०७७, बिहीबार ००:०१
  • २५२५

    अमेरिकी चुनावमा पहिलो पटक सार्वजनिक रुपमा ज्ञात ट्रान्सजेन्डर सारा म्याकब्राइडले प्रान्तीय सिनेटमा स्थान पाएका छन्। सन् २०२० निर्वाचनको परिणाम प्रस्ट हुँदै गर्दा अमेरिकामा एलजीबीटी सिनेटरको सप्तरंगी लहर देख्न सकिन्छ।

    एलजीबीटी+ (यौनिक अल्पसंख्यक) उम्मेदवारले २०२० को अमेरिकी निर्वाचनमा यसअघि भन्दा धेरै स्थानबाट ऐतिहासिक जीत हासिल गरेका छन्।

    यसपटक निर्वाचनमा रेकर्ड संख्यामा उम्मेदवारी दिएका ५७४ एलजीबीटी+ उम्मेदवारमध्ये कम्तीमा ३५ ले प्रारम्भिक परिणाममा जित हासिलको खबर छ।

    जित्नेमध्ये ३० वर्षीय ट्रान्सजेन्डर सारा म्याकब्राइट पनि छन्। उनी डेलावेयरमा प्रान्तीय सीट प्राप्त गर्ने हाई प्रोफाइल ट्रान्सजेन्डर राजनीतिज्ञ बनेकी छन्।

    उनीबाहेक एफ्रो–ल्याटिनो समलिंगी रिची टोरेस र अश्वेत समलैंगिक मोन्डेयर जोन्स अमेरिकी कांग्रेसको प्रतिनिधि सभा सदस्य निर्वाचित पहिलो समलैंगिक नेता भएका छन्।

    अमेरिकामा एलजीबीटी+ समुदायको अधिकारका लागि काम गर्ने जिल्याड नामक संस्थाका अध्यक्ष सारा केट एलिसले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘आज देशभर भएको अश्वेत र ट्रान्सजेन्डर एलजीबीटी अमेरिकी जनताको जित ऐतिहासिक छ र यो लामो समयदेखि अपेक्षित थियो।’ एलिसका अनुसार यो जित ‘एलजीबीटीको स्वीकार्यतामा ठूलो फड्को हो।’

    सारा म्याकब्राइड सन् २०१६ को निर्वाचनमा देशको प्रमुख राजनीतिक दलको सम्मेलनमा सम्बोधन गर्ने खुला ट्रान्सजेन्डर व्यक्ति थिइन्। त्यसबेला उनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी थिइन् र अहिले डेलावेयर प्रान्तमा जित हासिल गरेर राज्यको सिनेटमा पुगेकी छन्। विजय सन्देश पाएलगत्तै ट्विट गरेकी उनले आफ्नो विजयबाट ‘एलजीबीटी बालबालिकालाई लोकतन्त्रमा उनीहरुका लागि पनि स्थान छ भन्ने महशुस हुने’ बताएकी छन्।

    यसै समुदायका अर्का विजेता मोरी टर्नर हुन्, जसले आफूलाई नन–बाइनरी अर्थात न त पुरुष न महिलाकै रुपमा देख्छिन्। एलजीबीटी भिक्ट्रि नामक संस्थाले टर्नरको ओकलाहोमामा भएको जित एक नन–बाइनरी मुसलमानको हैसियतमा यो पहिलो घटना भएको उल्लेख गरेको छ।

    फ्लोरिडा राज्यको संसदका लागि निर्वाचित मिशेल रायनर पहिलो खुला एलजीबीटी अश्वेत महिला हुन्। त्यस्तै शेवरिन जोन्स फ्लोरिडाको प्रान्तीय सिनेटको पहिलो एलजीबीटी सदस्य र किम ज्याक्सन जर्जियाकी पहिलो खुला एलजीबीटी+ सांसद हुन्।

    ‘एडिसन रिसर्च’ एक्जिट पोलका अनुसार २०२० मा कुल मतदातामध्ये एलजीबीटी+ मतदाताको संख्या करिब ७ प्रतिशत छ। मानव अधिकार अभियानका अध्यक्ष अल्फोन्सो डेभिडले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘पछिल्ला तीन निर्वाचनमा एलजीबीटी+ मतदाताको संख्या लगातार बढदै गएको छ, यसबाट हाम्रो समुदाय यस्तो बलियो मतदाता बर्गमा परिणत भएको छ, जसलाई लोभ्याउन राजनेतालाई अत्यावश्यक भइसकेको छ।’

    अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति पदका साथै प्रतिनिधि सभाका ४३५ सिट, सिनेटका १०० मध्ये ३५ र १३ गर्भनर पदका लागि समेत निर्वाचन भएको थियो।
    – रोयटर्स 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑