वीरगन्ज । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ।
आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०३४ पुगेको छ।