ओखलढुंगा । ओखलढुंगामा ४१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–३ सार्की गाउँ बस्ने २२ वर्षीय सुशिल सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
सार्कीले ती महिलालाई सोही ठाउँमा रहेको लिब्जु न्यूस्टार युवा क्लवको भवन आँगनमा बलात्कार गरेका थिए । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१८ घर भएका २२ वर्षीय टेक नारायण चौधरी सहित ३ जना पक्राउ परेका छन् ।
चौधरी लगायतले बालिकालाई धरान उपमहानगरपालिका–१० पुतली लाईन रमाईलो चोकस्थित निर्माणाधिन भवनमा बलात्कार गरेका थिए ।