वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् ।
केही सञ्चारमाध्यममा राजीनामा दिन पर्यो भनेर हल्ला फैलिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान धकेल्नु हो भने ।
उनले जनताको आवश्यकता र समर्थनले आफु प्रधानमन्त्री भएको भन्दै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारे । अस्थिरताको खेती गर्नेहरुले सरकारको जेमा पनि आलोचना गर्ने गरेको भन्दै देशको स्थिरताका लागि आफुले काम गरेको दावी गरे ।