• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालको थपिएको क्षेत्रफल नखुलाई कूल क्षेत्रफल प्रस्ताव, अब कति पुग्छ ?

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७७, बुधबार १०:१६
  • २५८१

    वीरगन्ज । नापी विभागले नेपालको कूल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ ।

    विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पठाएको छ ।

    नापी विभाग स्रोतका अनुसार प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल पुनर्मापन गर्दा ८२५ दशमलव ६७ वर्गकिलोमिटर बढी आएको हो । विभागले टिप्पणी उठाएर मन्त्रालयमा पठाएको पत्रमा अतिक्रमित भूमिको छुट्टै क्षेत्रफल कति हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।

    ‘नेपालको क्षेत्रफल पहिले नै त्रुटिपूर्ण रहेछ, पुनर्मापन गर्दा समग्रमा बढी आयो,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘यसको मतलब बढेको ८२५.६७ वर्गकिलोमिटर भूमि भारतले अतिक्रमण गरेको हो भन्ने अर्थ लाग्दैन ।’

    लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा ३३५ वर्गकिलोमिटरभन्दा धेरै छ । भारतबाट अतिक्रमणमा परेको भूमिबाहेक नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर थियो । नेपाल सरकारले पहिलोपटक २०३२ सालमा नक्सा जारी गर्दा यो क्षेत्रफल पनि सँगै सार्वजनिक गरिएको थियो ।

    सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दा अबको क्षेत्रफल कति हुन्छ भनेर उल्लेख गरेको थिएन । त्यतिखेरै नापी विभागलाई पत्र लेखेर नयाँ क्षेत्रफलको जानकारी जतिसक्दो छिटो उपलब्ध गराउन निर्देशन दिइएको थियो । विभागले केही दिनअघि मात्रै सबै नापनक्साको प्राविधिक काम सकेर प्रस्तावित क्षेत्रफल मन्त्रालयमा पठाएको हो ।

    विभागले पठाएको क्षेत्रफलबारे मन्त्रालयका सचिव टेकनारायण पाण्डेको नेतृत्वमा रहेको नापनक्सा समितिले छलफल गर्नेछ । त्यसपछि मन्त्रालयले फाइल मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । ‘अहिले विभागबाट थप क्षेत्रफल सहितको नेपालको नक्साबारे टिप्पणी उठेर आएको छ, अब १–२ दिनमा नाप नक्सा समितिको बैठक बसेर मन्त्रिपरिषद्मा पठाउने निर्णय गर्छ,’ मन्त्रालय स्रोतले कान्तिपुरसँग भन्यो, ‘आधिकारिक क्षेत्रफल मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै सार्वजनिक हुनेछ ।’

    ल्याम्बर्ट, कोनिक कन्फर्मल र स्फेरोइड एभरेस्ट १८३० प्रोजेक्सन सिस्टम तथा जीआईएस सफ्टवेयरका माध्यमबाट अतिक्रमित भूमिसहित नेपालको नक्सा मापन गरिएको नापी विभागका एक कर्मचारीले जानकारी दिए । ‘समग्रमा हेर्दा पुरानै नक्सामा पनि हामीले जति क्षेत्रफल छ भनेर पढेका थियौं त्योभन्दा धेरै रहेको पाइयो, अब नक्साजस्तै क्षेत्रफल पनि बढेर आउनेछ,’ उनले भने ।

    मन्त्रिपरिषद्ले गत जेठ ५ गते अतिक्रमित भूमि सहितको नक्सा अद्यावधिक गर्ने निर्णय गरेको थियो । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा अतिक्रमित भूमिको नक्सा जारी गर्ने घोषणा गरेकी थिइन् । अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयलाई संसद्मा रहेका सबै दलले साथ दिएपछि सर्वसम्मतिले निसान छाप संशोधन भएको थियो । राजनीतिक, प्रशासनिक क्षेत्रमा समेत नयाँ नक्सा चलनमा ल्याइसकिएको छ ।

    सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिमा कालीनदी र त्योभन्दा पूर्वको भूभाग नेपालको हुने उल्लेख थियो । तर भारतले कालापानी क्षेत्रमा काली नदीको नक्कली मुहान बनाई त्यसभन्दा पश्चिमको भूभाग कब्जा गरेको थियो । कालापानीमा २०१८ सालमा भारत–चीन युद्धको बेलादेखि भारतीय सेनाको क्याम्प राखिएको छ । त्यही क्षेत्रमा भारतले एकतर्फी सडक निर्माण गरी उद्घाटन गरेपछि नेपालले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको हो । पोहोर कात्तिकमा नक्साका लागि जग्गा नापजाँच नियमावलीबमोजिम समिति गठन गरिएको थियो । उक्त समितिले गत फागुन ११ गते छुटेका भूभाग समेटी नक्सा प्रकाशन गर्न सिफारिस गरेको थियो ।

    संविधानको धारा ४ को उपधारा (२) (क) मा संविधान प्रारम्भ हुँदाको बखतको क्षेत्र र (ख) मा संविधान प्राप्त भएपछिको क्षेत्रलाई नेपालको क्षेत्र मानिने व्यवस्था छ । नक्साको नयाँ क्षेत्रफल मन्त्रिपरिषद्बाट पारित भए संविधानको यही धाराअनुसार क्षेत्रफल पनि अद्यावधिक गरिने छ । कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑