• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको मृत्युदर बढ्यो तर सरकारी प्रयोगशालामा घट्यो पीसीआर परीक्षण

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७७, बुधबार ०९:२३
  • २३८९

    वीरगन्ज । सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ ।

    सर्वसाधारणले ८ महिनायता सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कात्तिक २ गतेबाट सरकारले यो सेवा कटौती गरेको थियो ।

    यो निर्णयपछि संक्रमितको सम्पर्कमा आएका र सम्भावित संक्रमितले परीक्षण गर्नै छाडेका छन् । ७ दिनयता उपत्यकाका सरकारी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको तथ्यांक हेर्दा क्रमिक रूपमा घट्दै गइरहेको देखिन्छ ।

    कात्तिक ७ गतेमा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ सय ३८ नमुनाको स्वाब परीक्षण भएको थियो । यो संख्या क्रमिक रूपमा घट्दै कात्तिक १७ मा आइपुग्दा १ सय ५८ मात्रै रहेको अस्पतालले जनाएको छ । परीक्षणका लागि सयौं मानिसको भीड लाग्ने यो अस्पताल परिसर हिजोआज सुनसान जस्तै बनेको छ ।

    पीसीआर परीक्षण गर्दै आएका प्रसूति गृह, पाटन अस्पताल, वीर, त्रिवि शिक्षण, प्रहरी र सशस्त्र प्रहरी अस्पतालमा पनि पहिलेजस्तो पीसीआरका लागि भीड छैन । शुल्कै तिर्नुपरेपछि सहजै परीक्षण हुने भन्दै धेरैजसो सेवाग्राही निजी अस्पतालको प्रयोगशाला पुग्ने गरेका छन् । परीक्षणको तथ्यांकले पनि सरकारीभन्दा निजी प्रयोगशालामा धेरै पीसीआर भएको देखिन्छ ।

    अहिले संक्रमण दर अत्यधिक बढेकाले कुनै पनि बहानामा परीक्षणको दायरा घट्नु जनस्वास्थ्यका लागि ठूलो चुनौती भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘परीक्षण खुम्चिँदा यसले समुदायमा संक्रमणदर त अझै तीव्र बनाउँछ नै मृत्युदर पनि बढ्छ । २ हप्तायताको तथ्यांक केलाउँदा मृत्युदर धेरै बढिसक्यो,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको परीक्षण गर्ने र आइसोलेट गर्ने अभ्यासलाई निरन्तरता नदिने हो भने कोरोना संक्रमणकाल धेरै लम्बिन्छ ।’

    सरकारी अस्पतालमा पीसीआर निःशुल्क हुँदा ५ पटकसम्म सेवा लिने एउटै व्यक्ति पनि भेटिन्थे । शुल्क लिन थालिएपछि यस्तो ‘दुरुपयोग’को अन्त्य भए पनि संक्रमित पहिचान नहुने र अन्ततः यसले जोखिम नै बढाउने डा. पुनको भनाइ छ । सरकारले नीति परिवर्तन गरेर भए पनि परीक्षणको दायरा बढाउनुपर्ने उनले सुझाए ।

    अहिले परीक्षण थोरै तर संक्रमणदर धेरै भएकाले समुदायमा संक्रमण तीव्र भएको संकेत दिइरहेको जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए । संक्रमण नघट्दै परीक्षण, आइसोलेसन र क्वारेन्टीन अभ्यास रोक्दा यसले भोलि नियन्त्रण नै गर्न नसक्ने खालको महामारीको रूप लिन सक्ने उनले चेतावनी दिए ।

    ‘अहिले परीक्षणको अवस्था हेर्दा संक्रमणदर २० प्रतिशतभन्दा बढी देखिन्छ, जुन हामीले अड्कल गरेभन्दा निकै धेरै हो,’ उनले भने, ‘यसको मलतब परीक्षण गर्न पुगेको छैन भन्नु नै हो । परीक्षणको दर समयभन्दा पहिले नै खुम्च्याइएको छ, यसले जोखिमबाहेक केही निम्त्याउँदैन ।’आर्थिक अभावको बहानामा सरकारले परीक्षणदर घटाउन नहुने र यस्तो नीति तुरुन्तै बदल्न उनले आग्रह समेत गरे । कान्तिपुर दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑