• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज सुक्खा बन्दरगाहका बेथिति : प्रिस्टाइनले नि : शुल्क समयमा मनोमानी गरेको आरोप

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार १९:२९
  • ४९०५

    वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालकले आयातित कार्गोलाई दिइने निःशुल्क समयमा मनोमानी गरेको आरोप आयातकर्ताले लगाएका छन् ।

    यसै वर्षदेखि बन्दरगाह सञ्चालनको जिम्मा लिएको प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले सार्वजनिक बिदालाई निःशुल्क समयमा गणना गरेर जरीवाना लिएको व्यवसायीले बताए । 

    दसैं बिदामा भन्सार बन्द भएकाले आयातकर्ताले मालसामान छुटाउन नसकेकोमा प्रिस्टाइनले बिदालाई निःशुल्क समयमा गणना गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका कर तथा राजस्व समिति संयोजक सुरेश रुङ्गटाले बताए ।

    बन्दरगाह सञ्चालकले बोराबन्द (बीसीएन) कार्गोमा दसैं बिदाको समयमा समेत जरीवाना लिएको रुङ्गटाले जानकारी दिए । सरकारले भन्सार कार्यालयका कर्मचारीलाई बडादसैंको फूलपातीदेखि पाँच दिन बिदा दिएको थियो । बिदामा भन्सारका यात्रु शाखाबाहेक अन्य कामकारवाही बन्द थिए ।

    त्यो समयमा बन्दरगाहमा आइपुगेका कार्गोमा समेत प्रिस्टाइनले निःशुल्क समय घटाएर जरीवाना तिर्न भनेको व्यवसायीको गुनासो छ । ‘भन्सार नै बन्द भएपछि मालसामान छुटाउन पाइएन । तर, बन्दरगाह सञ्चालकले बिदाको समेत जरीवाना तोकिरहेको छ,’ रुङ्गटाले भने । बन्दरगाहमा आइपुगेको बीसीएन कार्गो लैजान आयातकर्ताले पाँच दिन निःशुल्क समय पाउँछन् ।

    यो समयभित्र लैजान नसके व्यवसायीले प्रतिमेट्रिकटन रू. ७५ का दरले जरीवाना बुझाउनु पर्दछ । २ हजार ५ ०० मेट्रिकटनको एक र्‍याक कार्गोमा आयातकर्ताले प्रिस्टाइनलाई दिनकै रू. १ लाख ८७ हजार ५०० बुझाउनु पर्दछ । बिदाको समयमा जरीवानाले आयातकर्तालाई अप्ठेरो परेको भए समाधानका लागि आफूहरू तयार रहेको प्रिस्टाइनका मुख्य अधिकृत आदित्य रायले आर्थिक अभियानलाई बताए ।

    ‘दसैंको बिदाका कारण मालसामान लैजान नसक्दा जरीवानाले भार परेको छ भने हामी सहुलियत दिन तयार छौं,सरोकारका व्यवसायीले त्यसको जानकारी हामीलाई दिनुपर्‍यो,’ रायले आर्थिक अभियानसित भने ।

    एक र्‍याक कार्गो ओसार्न कम्तीमा सात दिन लाग्ने अयातकर्ता बताउँछन् । यसअघिको बन्दरगाह सञ्चालकले बीसीएन कार्गोका लागि सात दिन निःशुल्क समय दिएको थियो ।

    प्रिस्टाइनले यस्तो समय शुरूमा तीन दिनमा झारेकोमा सरकारी दबाबपछि ५ दिन गरेको छ । यस आधारमा पनि व्यवसायीले कम्तीमा दुई दिनको जरीवाना तिर्नुपर्ने बाध्यता छ । 

    प्रिस्टाइनले कन्टेनर र फलामजन्य कार्गोमा पनि समय घटाइदिएको छ । कन्टेनरका लागि तीन दिनबाट घटाएर दुई र फलाममा सात दिनको समयलाई पाँच दिनमा झारेको रुङ्गटाले बताए ।

    कन्टेनर कार्गोमा प्रतिकन्टेनर दैनिक रू. ३५० र फलाममा प्रतिमेट्रिकटन रू. ७५ विलम्ब शुल्क लिने गरिएको छ । निःशुल्क समयको सहुलियत र जरीवानाको दर नेपाल इन्टरमोडल यातायात विकास समितिसँग भएको ठेक्का सम्झौताअनुसार निर्धारण गरिएको बन्दगाह सञ्चालकको भनाइ छ ।यो समाचार अभियान अन्लाईन बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑