• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनाव हारे जेल जान सक्छन् डोनाल्ड ट्रम्प !

  • वीरगंज संजाल
  • १८ कार्तिक २०७७, मंगलवार २०:०५
  • ३३३७

    एजेन्सी । ह्वाइटहाउसमा आफ्नो अधिपत्य कायम राख्न अहिले डोनाल्ड ट्रम्प लडिरहेका छन् । यदि हारेमा, विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति एकैपटक रसातलमा पुग्न सक्छन्, राष्ट्रपति भएकै कारण उनलाई प्राप्त संरक्षण गायब हुनसक्छ ।  राष्ट्रपतिको हैसियतमा ट्रम्प संरक्षित छन्, तर यदि निर्वाचनमा पुनर्निर्वाचित हुन नसके उनले व्यक्तिगत रुपमा धेरै मुद्दाहरु झेल्नुपर्ने हुनसक्छ । मंगलबार जो बाइडेनले पर्याप्त भोट पाएमा ट्रम्पले पदको दूरुपयोगदेखि बलात्कारसम्मका सम्भावित आरोप सामना गर्नुपर्ने हुनसक्छ । ट्रम्पको आत्मकथा लेखेका डेभिड जोनस्टोनले चेतावनी दिइसकेका छन्, ‘एकपटक राष्ट्रपति पद छाडेपछि ट्रम्प जेल समेत जानुपर्ने हुनसक्छ ।’ 

    ‘पक्कै पनि यदि हामी समान न्यायको देश हौं भने,’ वासिङटन मासिकसँगको अन्तर्वातामा जोनस्टोनले भनेका छन्, ‘ट्रम्पविरुद्ध गम्भिर अपराधको अभियोग छ । तर यस्तो हुन्छ वा हुँदैन भन्ने पूर्णत अनिश्चित छ ।’  एकपटक फेरि सामान्य नागरिक भइसकेपछि ट्रम्पमाथि लागेका आरोपहरुको औपचारिक रुपमा छानविन हुनुपर्ने सुझाव केहिले दिएका छन् । 

    क्यार्लिफोर्नियाका सांसद् इरिक स्वालवेलले गत अगस्टमै यसबारे बोलेका थिए । उनले ‘राष्ट्रपतिय अपराध नियोग’ गठन गरेर स्वतन्त्र छानविनकर्ताहरुलाई राख्दै भ्रस्ट राष्ट्रपतिबारे छानविन गर्न अनुमति दिइनुपर्ने तर्क गरेका थिए । भविष्यमा मुद्दा चल्नसक्ने ट्रम्पका केही विवाद यस्ता छन् । 

    ट्रम्प अर्गनाइजेशन 

    म्यानहट्टन जिल्लास्थित महान्यायधिवक्ता कार्यालयले गरेको छानविनका क्रममा ट्रम्प अर्गनाइनेशनमा आर्थिक अनियमितता देखिएको छ । ट्रम्पमाथिको यो सर्वाधिक ठूलो आरोप हो । अभियोजनकर्ताहरुका अनुसार कर, बैंक तथा बीमा ठगी, झुठो व्यापार रेकर्ड देखाउनेलगायत धेरै अपराधमा ट्रम्प दोषी भेटिनसक्छन् । हार्भाड विश्वविद्यालयका लाउरेन्स ट्राइब भन्छन्,‘ ट्रम्पले राष्ट्रपतिको कार्यालय छाडेपछि हुने अनुसन्धानले धेरै अपराधहरु बाहिर ल्याउनसक्छ, संघीय आयकर छली, वायर ठगी, बैंक ठगी, इन्सुरेन्स ठगी, सम्पत्ति शुद्धिकरणलगायत धेरै विषय बाहिर आउन सक्छ ।’

    न्यायमा अवरोध 
    अमेरिकी चुनावमा भएको रुसी हस्तक्षेपबारे एफबिआईका पूर्व निर्देशक रोबर्ट मुलरको नेतृत्वमा भएको अनुसन्धानले दुई वर्ष लगाएर रिपोर्ट सार्वजनिक गरेको थियो । यसक्रममा मुलरले त्यस्ता धेरै घटनाहरु भेटे, जहाँ ट्रम्पले न्याय प्रवाहमा अवरोध गरेका थिए । उदाहरणका लागि ट्रम्पले एफबिआई निर्देशक जेम्स कोमेईसमक्ष तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लाइनविरुद्धको अनुसन्धान अघि नबढाउन सुझाव दिएका थिए, तर कोमेईले मानेनन् । यसपछि ट्रम्पले कोमेइलाई पदबाट बर्खास्त गरे । यी सबै घटनाका बाबजुद बहालवाला राष्ट्रपतिलाई आरोपित गर्न मिल्दैन भन्दै मुलरले अभियोगलाई अघि बढाउन सिफारिस गरेका थिएनन् । तर, यदि ट्रम्प पदमुक्त भएमा उनले संरक्षण नपाउन सक्छन् किनकि मुलरले न्याय प्रवाहमा अवरोध गरेको विषयमा ट्रम्पलाई सफाई पनि दिएका छैनन् । 

    चुनावमा आर्थिक नियम उल्लंघन 
    २०१८ मा ट्रम्पका व्यक्तिगत वकिल माइकल कोहेनमाथि चुनावी अभियानका क्रममा आर्थिक अनियमितता गरेको दोषी पाइएपछि तीन वर्षको जेलसजाय भयो । उनीमाथि कर छली र बैंकलाई छलेको आरोप थियो । अमेरिकी सिनेटमा बयानका क्रममा कोहेनले एडल्ट फिल्मकी अभिनेत्री स्ट्रमी डेनियल्सलाई गोप्य रुपमा पैसा दिन ट्रम्पले नै निर्देशन दिएको बताएका थिए, यी अभिनेत्रीले आफुसँग ट्रम्पको यौन सम्बन्ध रहेको आरोप पनि लगाएकी थिइन् । 
    बहालावाला राष्ट्रपति भएकैले ट्रम्पमाथिको यो आरोप पनि अघि बढेन । तर, पदमुक्त हुँदा ट्रम्पमाथिको यो अभियोग अघि बढ्नसक्छ । जो बाइडेन शक्तिमा आउँदा उनले ट्रम्पलाई माफी दिनेजस्तो पनि देखिँदैंन । 

    पदको दुुरुपयोग 
    ट्रम्पले संविधान उल्लंघन गरेको आरोप पनि खेप्नुपर्छ । राजनीतिज्ञसँगै ट्रम्प व्यापारी पनि हुन् । अमेरिका भ्रमणमा आएका केही विदेशी पाहुनाहरु शुल्क तिरेर ट्रम्पको होटलमा बस्ने गरेका थिए । तर, यो काम संविधानविपरित छ । अमेरिकी संविधानमा उल्लेख भएअनुसार कंग्रेसबाट स्वीकृति नलिई राष्ट्रपतिले विदेशी निकायबाट कुनै पनि लाभ लिन पाउदैंनन् । उनले साउदी अरेबियालगायत धेरै देशका नेताहरुबाट उपहारहरु लिएका छन् । 
    साउदीका प्रतिनिधिहरुले ट्रम्पको स्वामित्वमा रहेको होटलमा पैसा तिरेको विषय छानविनकै क्रममा छ । नोभेम्बर २०१६ देखि फेब्रुअरी २०१७ सम्म वासिङटनस्थित ट्रम्प अन्तर्राष्ट्रिय होटलमा साउदी सरकारले आफ्ना अधिकारीहरुलाई राखेको थियो र त्यसक्रममा २ लाख ७० हजार अमेरिकी डलर तिरेको थियो । त्यस्तै, कुवेती दूतावासले ट्रम्प होटलमा समारोह आयोजना गर्दा ६० हजार अमेरिकी डलरभन्दा धेरै खर्च भइसकेको थियो । मलेसियाका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डल सेप्टेम्बर २०१७ मा त्यही होटलमा बसेको थियो ।

    कासिम सुलेईमानी 
    यसै वर्षको सुरुवातमा ट्रम्पविरुद्ध जनरल कासिम सुलेईमानीको हत्या अभियोगमा अन्तर्राष्ट्रिय आपराधिक अदालत(आईसीसी) मा मुद्दा दर्ता गर्ने योजना बनिरहेको ईरानले जनाएको थियो । अहिलेसम्म यो मुद्दा दर्ता भइसकेको छैन । अनि, अहिले अमेरिका पनि आईसीसीको सदस्य छैन । यद्यपी, ट्रम्पले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेकोे प्रमाण बलियो छ । संयुक्त राष्ट्रसंघकै एक उच्च अधिकारीले सुलेईमानीमाथिको आक्रमणले ‘धेरै हदसम्म अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको हुनसक्ने’ प्रतिक्रिया दिएका थिए ।

    ट्रम्पको आदेशमा अमेरिकी सेनाले ईरानी क्वाद सेनाका जनरल सुलेईमानीलाई ३ जनवरीमा हत्या गरेको थियो । यद्यपी, ईरानले मुद्दा अघि नबढाएकाले यस विषयमा ट्रम्पलाई खास फरक नपर्नसक्छ । सान फ्रान्सिस्कोस्थित युसी ह्यास्टिङग्स् कलेज अफ लका प्रोफेसर जर्ज विसारत भन्छन्, ‘यस कथित विषयमा गरिने निर्णय आईसीसीको क्षेत्राधिकारभित्र नपर्ने भएकाले ट्रम्पमाथि मुद्दा चल्ने सम्भावना यथार्थपरक भएजस्तो मलाई लाग्दैन । तर, आर्थिक अपराधमा भने ट्रम्पमाथि छानविन हुनसक्छ र मुद्दा पनि चल्नसक्छ । यदि, अमेरिकी न्यायिक विभागले नगरेपनि न्युर्योक राज्यले यसबारे मुद्दा अघि बढाउने सम्भावना उच्च देखिन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑