वीरगन्ज । परिक्षणको दायरा घट्दै जादा वीरगन्जमा संक्रमितको संख्या पनि घटदै गएको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराउन आएका एकजना वृद्धको कोरोनाभाइरस अर्थात कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ ।
सोमबार उपचारका लागि अस्पताल भर्ना भएका धोबिनी गाउँपालिका वडा नम्बर ४ निवासी ५० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर दिउँसो अस्पताल भर्ना उनको उपचारको क्रममा साँझ साढे ४ बजे तिर मृत्यु भएको थियो ।
उनको उपचारमा खटेका चिकित्सक अनुसार उनको दुबैतिरको फोक्सोमा निमोनिया र श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको हो ।
मृत्यु पश्चात उनको स्वाबको नमुनालाई जिन एक्स्पर्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आएको डाक्टर चौरसियाले जानकारी दिए ।
योसँगै पर्सामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।