• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिभावकै अभियुक्त

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७७, सोमबार १७:०५
  • ५२०१

    नेपालगन्ज । गत वर्षको असारमा खजुरा गाउँपालिका–६ की १५ वर्षीया किशोरी आफ्नै ४२ वर्षीय बाबुबाट बलात्कृत भइन्। जड्याहा पतिबाट सधैं कुटाइ खाने आमा माइत गएको मौकामा बाबुले बलात्कार गरेको छोरीको अभियोग छ। ‘हामी दिदीबहिनी सुतेको बेला बुवाले राति ११ बजेतिर बलात्कार गर्नुभयो’, पीडित किशोरीले बयानमा भनेकी छिन्।

    छोरी बलात्कार गरेको अभियोग लागेका बाबु अहिले पुर्पक्षका लागि बाँके कारागारमा छन्। उनको मुद्दा जिल्ला अदालत बाँकेमा विचाराधीन रहेको जिल्ला न्यायाधिवक्ता यमबहादुर बानियाँले जानकारी दिए। इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज वसन्त आचार्यका अनुसार खजुरा गाउँपालिकामा गतवर्ष तीन जना बावुविरुद्ध छोरी बलात्कारको अभियोगमा मुद्दा दायर गरिएको छ।

    खजुरा–२ मा ६ वर्षीया र खजुरा–४ मा ८ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएका छन्। उनीहरूको मुद्दा पनि जिल्ला अदालतमै विचाराधीन छ। बर्दियाको गेरुवा गाउँपालिका–६ का ४४ वर्षीय  बाबु १८ वर्षकी छोरीलाई बलात्कार गरेको अभियोगमा नेपालगन्जको एक होटलबाट २०७६ मंसिर २४ मा पक्राउ परे। उनले यसअघि पनि भारतको बेंङ्लोरमा आफूलाई बलात्कार गरेको छोरीको अभियोग छ।

    ‘भारतमा बलात्कार गरेपछि कसैलाई भनिस् भने रेलको पट्टीमा फालेर मार्ने धम्की दिनुभयो’, छोरीले बयानमा भनेकी छन्, ‘नेपालगन्ज पुगेपछि होटलमा फेरि बलात्कार गर्नुभयो। आज घर नजाऔं। भोलि जाउँ भनेर फकाउन खोज्नुभयो।’ उनी ८ वर्षकी हुँदा आमाले दोस्रो विवाह गरेर गएकी थिइन्। बाबुले कान्छीआमा भिœयाएका छन्। मधुवन नगरपालिकामा रहेकी ठूलीआमाको घरको पूजामा गएको बेला बाबुको कुकर्म जानकारी गराएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन्।

    यो मुद्दा पनि अदालतमा विचाराधीन छ। जिल्ला अदालत बाँकेले १८ कात्तिक २०७२ मा साबिक शमशेरगन्ज गाविस (हाल राप्ती सोनारी गाउँपालिका) का एक व्यक्तिलाई छोरी बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला गरेको छ। तत्कालीन न्यायाधीश विष्णुप्रसाद कोइरालाले गरेको फैसलामा जबरजस्ती करणीमा ८ वर्ष कैद, हाडनाता करणीमा थप १० वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति गराइएको थियो।

    सो मुद्दा जिल्ला, उच्चहुँदै अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।  त्यसैगरी, ३ साउन २०७३ मा साबिक नौबस्ता (हाल बैजनाथ गाउँपालिका) की एक छोरीले बाबुले आफूलाई राति तेल लगाइदिन भन्दै भान्सामा बलात्कार गरेको जिल्ला अदालतमा मुद्दा दायर गरिन्। ८ जेठ २०७५ मा जिल्ला अदालतले ती बाबुलाई सफाइ दिएको छ। छोरी बलात्कारको अभियोगमा बाबुले बन्दी जीवन बिताउनु परेको थियो।

    इलाका प्रहरी कार्यालय कोहलपुरमा गत वर्ष २४ वटा जबरजस्ती करणीका मुद्दा दायर भएकोमा दुई वटा हाडनाता करणीकै थिए। १३ वर्षीया नातिनी बलात्कार गरेका कोहलपुरका ८० वर्षीय (तरकारी बाजे) असोज ४ मा दुई वर्ष जेल सजाय भुक्तान गरेर घर फर्किसकेका छन्। कोहलपुर–३ मैटहवामा आफ्नै सहोदर पाँच वर्षीया भतिजी बलात्कार गरेका १९ वर्षीय भारतीय नागरिक अहिले पनि कैदी जीवन बिताइरहेका छन्।

    जिल्ला अदालत बाँकेमा गत वर्ष १ सय ४२ वटा र यो वर्ष २१ गरी १ सय ६३ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका छन्। अदालतका स्रेस्तेदार तीर्थराज भट्टका अनुसार ११ वटा त हाडनाता करणीकै मुद्दा छन्। अदालतमा दायर भएका कुल मुद्दाको झन्डै ७ प्रतिशत महिला आफन्तबाटै बलात्कारको सिकार भएको देखिन्छ। अधिवक्ता वसन्त गौतम भन्छन्, ‘नातागोता, इष्टमित्र बिर्सेर बलात्कार हुँदा छोरी घरभित्रै असुरक्षित छन्। सामाजिक मूल्य मान्यता र नैतिकता हराउनु नै अहिले चुनौती बनेको छ।’

    मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार जबरजस्ती करणी गर्दा कम्तीमा पाँच वर्षदेखि बढीमा सर्वस्वसहित जन्मकैद र क्षतिपूर्तिको व्यवस्था रहेको गौतम बताउँछन्। पत्नीलाई पनि जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रावधान छ। त्यसैगरी २० वर्षभन्दा कम उमेर र हाडनाता करणी भएमा सजाय, जरिबाना र क्षतिपूर्ति थपिँदै जान्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑