• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मंगलबार साँझको पर्खाइमा अमेरिकी राजनीति

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७७, सोमबार १३:०५
  • ३३२१

    अमेरिकामा मंगलबार साँझमा तीव्र गतिमा विभाजित यसपटकको चुनावले विश्राम लिनेछ । तर, यो चुनावले अमेरिकी राजनीतिलाई कता लैजाला भन्ने शंका उपशंकाहरु उठिरहेका छन् ।

    मत सर्वेक्षणहरुले देखाएजस्तै वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प पराजित भए भने के उनले हार स्वीकार्लान् भन्ने हो । डोनाल्ड ट्रम्पको स्वभावका कारण कतिपयले उनले सजिलै हार नस्वीकार्न सक्छन् भन्नेहरु पनि छन् । अहिलेनै यो चुनाव प्रक्रिया मिलेन भन्दै अदालतमा मुद्दा परिसकेको छ । यसले गर्दा पनि ट्रम्पलाई परिणाम नस्वीकार्न बहाना मिल्न सक्छ ।

    करिब ९ करोड भन्दा बढीले हुलाक र मतदान केन्द्रमै गएर अग्रिम मत खसालेका छन् । हुलाकबाट प्राप्त मत गन्न झमेला छ । यसमा विवाद पनि छ । यसले गर्दा निर्वाचन परिणाम छिटो नआउन पनि सक्छ । विगतमा पनि यस्तो भएको थियो । ट्रम्पले मंगलबार आउने प्रारम्भिक नतिजा स्वीकारेनन् भने के हुन्छ ? यो प्रश्न उठ्न थालेको छ ।

    चुनावी नतिजा अदालतले टुंगो लगाउनु पर्ने पनि हुन सक्छ । अमेरिकाको सर्वोच्च अदालतमा अहिले अनुदारवादी न्यायाधीशको बहुमत छ । सञ्चारमाध्यमले पनि नहुनु पर्ने अवस्था पनि आउन सक्ने बताएका छन् । ट्रम्पले सञ्चारमाध्यमलाई पहिले देखिनै नकार्दै आएका छन् । सञ्चारमाध्यमको दबाबले उनलाई केही फरक पर्ने छैन । अमेरिकाको राजनीति यसपटक सहज रुपमा अवतरण होस् भन्ने सकरात्मक सोच राख्नेहरु चिन्तामा छन् ।

    चुनावी मत सर्वेक्षणहरुले पछाडि देखाए पनि मंगलबार साँझ आफ्नै पक्षमा नतिजा आउने ट्रम्पले घोषणा गरिसकेका छन् । यो निर्वाचनमा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उमेदवार जो वाइडेन विजयी भएमा अमेरिकी राजनीतिमा एउटा इतिहास बन्ने छ । कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति हुनेछिन् । तर, यो निर्वाचनले अमेरिकी राजनीतिमात्र होइन विश्वमै आदर्श मानिने अमेरिकी प्रजातान्त्रिक अभ्यासमा चोट भने पुर्याएको छ । रिपब्लिकन बाहुल्यता रहेको टेक्सस राज्यमा वाइडेनको चुनाव प्रचारमा गुडिरहेको बसलाई अवरोध गरियो ।

    डोनाल्ड ट्रम्पले चुनावी र्‍यालीमा आफ्ना मुख्य प्रतिष्पर्धी वाइेडनलाई निकै तल्लो स्तरको व्यक्तिगत हमला गरे । वाइडेनले जित्नु भनेको चीनले जित्नु होसम्मको आरोप ट्रम्पले लगाए । वाइडेनले विदेशीलाई अमेरिकामा खुला रुपमा आउन दिने ट्रम्पको भनाइ थियो । अमेरिकी नागरिकको जागिर खोसिन्छ जस्ता आरोप पनि ट्रम्पले लगाए ।

    वाइडेनले पनि ट्रम्पलाई आलोचना गर्न बाँकी राखेनन् । अमेरिकालाई विभाजित गर्ने व्यक्तिलाई अब राख्नुहुँदैन भनिरहेका छन् । यसरी हेर्दा यो चुनावमा अमेरिकाका मुख्य विषय अर्थतन्त्र, रोजगारी, स्वास्थ्य बीमा मात्र होइन विश्वका विभिन्न देशहरु पनि जोडिएर आए । पहिले पहिलेका चुनावमा यस्तो तल्लो स्तरमा बहस हुँदैन थियो । अमेरिकाको विश्वका देशहरुसँग अन्तर्राष्ट्रिय सम्बन्ध के हुने जस्ता विषय मुद्दाका रुपमा उठ्थे ।

    गाली गलौजका रुपमा होइन । कोभिड १९ को संक्रमणले पनि चुनावमा परम्परागत रुपमा उठ्ने मुद्दामा केही ओझेलमा परे । अर्थतन्त्र, रोजगारी, स्वास्थ्य बीमा, इमिग्रेसन जस्ता विषयमा पहिले जस्तो गहन विश्लेषणहरु भएनन् । ट्रम्पलाई अमेरिकीले अझै मन पराउने एउटा कारण अर्थतन्त्र मजबुत अवस्थामा रहनु हो । बेरोजगारी दर कम छ ।

    रोजगार पाउनेको आम्दानी पनि पहिलेभन्दा बढेको छ । अमेरिकामा रोजगारी सबैभन्दा ठुलो विषय र मुद्दा हो । ट्रम्पको कार्यकालमा बेरोजगारी दर ५० वर्ष यताकै न्यून विन्दुमा झर्‍यो । विदेशीलाई कम ल्यायो भने हामी अमेरिकी नागरिकले रोजेर जागिर पाउछौँ भन्ने पनि कयौं अमेरिकी धारणा छ । त्यसैले यहाँको नागरिकता भएकाले ट्रम्पलाई गालि पनि गरिहाल्दैनन् । व्यवसायीहरुले त ट्रम्पलाई रुचाएकै छन् ।

    यो निर्वाचनमा ट्रम्पको खटाइ पनि उल्लेनीय रह्यो । एकैदिन ४–५ वटा चुनावी सभालाई समेत ट्रम्पले सम्बोधन गरे । कोराना संक्रमणबाट निको भएका ट्रम्प आइतबार पाँचवटा ¥यालीमा सहभागी थिए । मंगलबार साँझमा नै अमेरिकाको प्रजातन्त्रका मुख्य दुई पिलर कार्यकारी र व्यवस्थापिका संसदको नतिजा आउने छ । सिनेट र कांग्रेसमा कुन पार्टीको बहुमत हुन्छ यो पनि अमेरिकी राजनीतिमा महत्वपूर्ण हुनेछ ।

    राष्ट्रपति, सिनेट र कांग्रेसमा डेमोक्रेटिक पार्टीको बहुमत आएमा अमेरिकी राजनीति असन्तुलित हुने जोखिम पनि छ । जे होस् मंगलबारको साँझ अमेरिकाको राजनीति र प्रजातान्त्रिक अभ्यासका लागि महत्वपूर्ण भने हुने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑