• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा सामुदायिक विद्यालयबाट पनि आइतबारदेखि पठनपाठन सुरु हुँदै

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७७, आईतवार १८:५३
  • ४७९३

    वीरगन्ज ।  वीरगञ्ज महानगरपालिका कार्यालयले नगरमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई आइतबारदेखि पठनपाठन सुरु गर्ने निर्देशन दिएपछि विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।

    नगर भित्र रहेका निजि विद्यालयहरुले गत महानगरको अनुमति पछि बिहीबारदेखिनै पठनपाठन सुरु गरिसकेका छन् ।

    वीरगञ्ज महानगरपालिका कार्यालयमा आइतबार वीरगञ्ज भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बीच भएको छलफलबाट यस्तो निर्णय भएको नगरप्रमुख विजयकुमार सरावगीले बताए ।

    सामुदायिक विद्यालयहरुलाई पनि प्रथम चरणमा निजि झैँ कक्षा ८, ९ र १० तथा सो भन्दामाथिको पठनपाठन भौतिक रुपमै सुरु गर्ने निर्देशन दिएको नगरप्रमुख सरावगीले जानकारी दिए । तर, भौतिक रुपमा कक्षा सञ्चालनका लागि अभिभावक अनुमति लिएर मात्र स्कुल बोलाउन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई निर्देशन दिएको उनले बताए ।

    ‘पूर्व तयारी भएको र सक्षम रहेको विद्यालयहरुलाई मंगलबारबाटै कक्षा सूचारु गर्न निर्देशन दिएका छौं,’ नगरप्रमुख सरावगीले भने, ‘बाँकीलाई तयारी गर्न शुक्रबारसम्मको समय दिइएको छ । अगामी आईतबारबाट सम्पूर्णलाई विद्यालय खुल्ने छन् र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन सुरु हुनेछ ।’

    यस्तै, लिखित पत्र मार्फत पत्राचार कहिले हुन्छ भन्ने प्रश्नमा मेयर सरावगीले भने ‘सामुदायिक विद्यालय खोल्नेबारे पनि निर्णय आज भयो, भोलिसम्ममा सबै विद्यालयहरुलाई विद्यालय खोल्ने निर्देशनबारे लिखित रुपमै पत्रचार हुनेछ ।’

    विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडा रुपले पालना गर्नुपर्ने विद्यालयहरुलाई निर्देशन दिइएको महागरका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णले बताए । ‘साबुन पानीले हात धुने, मास्क, पञ्जा, सेनीटाईजरको व्यवस्थापन गर्न, एउटा बेन्चमा बढीमा दुई जना विद्यार्थी राख्दै भौतिक दुरी जस्ता मापदण्ड पालन गर्न कडा रुपले निर्देशन दिएका छौं,’ उनले भने ।

    मापदण्ड पूरा गर्ने क्रममा आवश्यक पर्ने थर्मल गन, साबुन, मास्क, सेनीटाईजर जस्ता स्वास्थ्य सामाग्रीको सम्पूर्ण व्यवस्थापन वीरगञ्ज महानगरपालिकाले गर्ने कर्णले जानकारी दिए ।

    यस्तै भौतिक रुपमा कक्षा सञ्चालन सँगसँगै नेपाल सरकारले जारी गरेको विद्यार्थी सिकाई निर्देशिका बमोजिम वैकल्पिक माध्यमबाट हुने सिकाइलाई पनि निरन्तरता दिन विद्यालयहरुलाई निर्देशित गरिएको छ ।

    महानगरपालिकाले यहाँका सम्पूर्ण विद्यालयहरुलाई बिहिबारदेखि प्रथम चरणमा कक्षा सूचारु गर्ने मौखिक निर्देशन दिएपनि सामुदायिकहरुले लिखित निर्देशन नआएसम्म विद्यालय सञ्चालन नगर्ने बताउँदै आएका थिए ।

    वीरगञ्ज महानगरपालिको सभाहलमा नगरप्रमुख सरावगीको अध्यक्षता भएको छलफलमा शिक्षा शाखाका हरि राउत सहित विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑