सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा एक बालिकालाई जवरजस्ती करणी गर्न खोजेका भारतीय युवक पक्राउ परेका छ । शुक्रवार पर्सा गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी १२ वर्षीया एक बालिकालाई दिउँसो १ बजे घाँस काट्न गएको समयमा भारतीय युवकले जर्वजस्तीकणी गर्न खोजेको थियो तर ती बालिकाले प्रतिकार गर्दा बालिकाले घाँस काटिरहेको हँसियाले नै ती युवक उसको घाँटीमा प्रहार गरेको थियो ।
अन्दाजी २५ वर्षीय एक युवाले बालिकाले घास काटिरहेको हँसिया खोसेर घाँटी रेत्न खोजेको थियो । जर्वजस्ती करणी गर्न तथा ज्यान मार्न खोज्ने भारतीय सिमार्वती गाउँ ईनर्वा–१६ सहोर्वा निवासी २५ वर्षीय मुकेश मुखियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हँसियाले घाँटीमा प्रहार गरेपछि बालिकाले हातले रोक्दा उसको दाहिने हातको औँला पनि काटिएको थियो । घाइते बालिकाको मलंगवामा अस्पतालको उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । भारतीय ती युवकलाई जवरजस्ती करणी उधयोग मुदा चलाइएको छ । अहिले जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।