• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफ्नो फेसबुक ह्याक हुन नदिन यसो गर्नुहोस्

  • वीरगंज संजाल
  • Nov 1, 2020, 8:04 pm
  • २७३३

    वीरगन्ज । फेसबुक अकाउन्ट ह्याक भएको तथा डेटा लिक भएको कुरा विभिन्न प्रयोगकर्ताको बारम्बार सुनिँदै आएको विषय हो । सबैभन्दा ठूलो सामाजिक सञ्जालको रुपमा रहेको फेसबुक नचलाउने व्यक्ति अहिलेको समयमा कमै हुन्छन् ।

    डेटा लिक हुने डरले फेसबुकबाट टाढा रहन पनि सहज छैन । यदि तपाईंले केही सावधानी अपनाउनु भयो भने आफ्नो फेसबुकमा भएको डेटा लिक हुने वा ह्याक हुने जोखिमबाट बच्न सक्नुहुन्छ । आज हामी तपाईंलाई आफ्नो फेसबुक अकाउन्ट कसरी सुरक्षित राख्ने भन्ने विषयमा टिप्स दिँदै छौं ।

    आफ्नो पासवर्ड जोगाउनुहोस्

    धेरैजसो प्रयोगकर्ताले पासवर्ड बिर्सिने डरका कारण सहज किसिमको पासवर्ड राखिरहेका हुन्छन् । बेला बखत साइबर सुरक्षा विज्ञहरुले सहजै अनुमान गर्न सकिने पासवर्डको विषयमा सचेत गराउँदै आएका पनि छन् ।

    त्यसैले सधैं लामो पासवर्ड राख्ने गर्नुहोस् । त्यसमा साना अक्षर,  ठूला अक्षर,  विशेष क्यारेक्टर,  नम्बर आदिलाई मिलाएर पासवर्डलाई बलियो बनाउनुहोस् । साथै फरक फरक अकाउन्टका लागि फरक फरक पासवर्ड राख्ने गर्नुहोस् । ता कि कुनै अर्को अकाउन्ट ह्याक हुँदा फेसबुक सुरक्षित रहोस् ।

    लगइन डिभाइस चेक गर्नुहोस्

    तपाईंले आफ्नो फेसबुक कुन कुन डिभाइसमा लगईन छ भन्ने कुरा सहजै थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि सेटिङ एन्ड प्राइभेसी भित्र रहेको सेटिङ हुँदै सेक्युरिटीमा जानुहोस् र त्यहाँ रहेको सेक्युरिटी एन्ड लगइनमा प्रवेश गर्नुहोस् ।

    अब त्यसमा आफ्नो फेसबुक कहिले अनि कहाँ लगइन भएको थियो भन्ने सबै विवरण देख्न सक्नुहुनेछ । यसमा तपाईंले लोकेसन, आईपी एड्रेस र ब्राउजरको बारेमा समेत विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

    यसरी तपाईंले आफ्नो फेसबुक कुन डिभाइसमा कहाँबाट लगइन भएको छ भन्ने कुराको जानकारी राख्न सक्नुका साथै त्यस्तो डिभाइसबाट लगआउट समेत गर्न सक्नुहुन्छ ।

    अकाउन्टसँग जोडिएका एप बारे सचेत रहनुहोस्

    यदि ख्याल गर्नु भएको छ भने तपाईंको फेसबुक अनेकौं अरु एपहरुसँग जोडिएको हुन्छ । यसको जानकारीका लागि फेसबुकको सेटिङ एन्ड प्राइभेसीहुँदै सेटिङभित्रको सेक्युरिटीभित्रको एप्स एन्ड वेबसाइटमा जानुहोस् ।

    अब तपाईंले सुरुमै लग्ड इन विथ फेसबुक अप्सन देख्नुहुनेछ । त्यसभित्र जानु भयो भने तपाईंले आफ्नो फेसबुक डेटामा एक्सेस बनाइरहेका एपहरु देख्न सक्नुहुनेछ ।

    ती एप तथा वेबसाइट मध्ये कुनैमा तपाईंलाई सन्देह अर्थात शङ्का छ भने एडिटभित्र गएर रिमुभ गर्न पनि सक्नुहुन्छ ।

    म्यासेञ्जरलाई अनावश्यक पर्मिसन नदिनुहोस्

    जब तपाईं मोबाइलमा म्यासेञ्जर इन्स्टल गर्नुहुन्छ, त्यसले मोबाइलमा भएका म्यासेका साथै अन्य पर्मिसन समेत माग्दछ । तपाईंले यस किसिमको पर्मिसन दिन जरुरी छैन ।

    यसमा आफ्नो मोबाइल नम्बर समेत नजोड्नुहोस् । यदि भुलवश यसो हुन गयो भने आत्तिन जरुरी छैन । म्यासेञ्जर एपलाई अनइन्स्टल गरी फेरी इन्स्टल गर्नसक्नु हुन्छ ।

    लगइन विथ फेसबुक फिचर प्रयोग गर्दा सचेत रहनुहोस्

    यदि तपाईंले ख्याल गर्नुभएको छ भने विभिन्न वेबसाइट तथा एपहरुमा रजिस्टर गर्दाको समयमा लगइन विथ फेसबुकको अप्सन समेत देख्नु भएको होला । त्यसो त यो फिचर सुरक्षित नै मानिन्छ ।

    तर यसमा कुन एपलाई कस्तो पर्मिसन दिइरहनु भएको छ भन्ने कुरा चाहिँ तपाईंले ख्याल गर्नुपर्ने हुन्छ । कतिपय समय केही एपले तपाईंको फेसबुक वालमा आफैं पोस्ट गर्ने पर्मिसन समेत लिइरहेका हुन्छन् । पछि गएर यसले निकै झन्झट निम्त्याउने गर्दछ ।

    अनरिकग्नाइज्ड लगइन अलर्ट अन गर्नुहोस्

    यो फिचरको राम्रो पक्ष के छ भने जसै कुनै नयाँ व्यक्तिले कुनै अर्को ब्राउजर वा एपबाट तपाईंको फेसबुक लगइन गर्दछ भने तपाईंको मोबाइलमा तुरुन्त एउटा म्यासेज आउँछ । यदि त्यस्तो लगइन तपाईंले गर्नुभएको होइन भने तुरुन्तै पासवर्ड बदल्न सक्नुहुन्छ ।

    यो फिचर एक्टिभ गर्नका लागि सेटिभित्रको सेक्युरिटी एन्ड लगइनमा जानुहोस् । अब थोरै स्क्रोल गर्नु भयो भने सेटिङ अप एक्स्ट्रा सेक्युरिटी देख्नुहुनेछ । त्यस भित्र रहेको गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगइनमा थिच्नुहोस् र अन गर्नुहोस् ।

    टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस्

    फेसबुक लगइनका लागि टु फ्याक्टर अथेन्टिकेसन निकै सुरक्षित मानिन्छ । जब तपाईंले यो फिचर एक्टिभ गर्नुहुन्छ, तब कुनै नयाँ डिभाइस वा ब्राउजरमा लगइन गर्दा फेसबुकले तपाईंको मोबाइल नम्बरमा एउटा कोड पठाउने गर्दछ ।

    मोबाइलमा आएको सही कोड राखेपछि मात्रै तपाईंको फेसबुक लगइन हुनसक्छ । यसबाट के फाइदा हुन्छ भने यदि कसैले गलत मनसायबाट तपाईंको फेसबुक लगइन गर्ने कोसिस गरेको खण्डमा तपाईंको फेसबुकमा उसले एक्सेस पाउने छैन ।

    यसका लागि तपाईंले सबैभन्दा पहिले फेसबुकको सेटिङभित्र रहेको सेक्युरिटी एन्ड लगइनमा जानु पर्ने हुन्छ । अब त्यसमा रहेको टु फ्याक्टर अथेन्टिकेसनमा प्रवेश गर्नुहोस् । अब त्यहाँ सुरुमा रहेको युज टु फ्याक्टर अथेन्टिकेसनमा दबाउनुहोस् ।

    यसमा तपाईंले यसअघि नै आफ्नो मोबाइल नम्बर राख्नु भएको छैन भने एड गर्नुपर्ने हुन्छ । अब त्यसलाई अन गर्नुहोस् । तपाईंले यसका लागि मोबाइल नम्बरसँगै अथेन्टिकेसन एपको सहारा समेत लिन सक्नुहुन्छ ।

    यस्तोमा कुनै नयाँ डिभाइस वा ब्राउजरबाट तपाईंको फेसबुक लगइन गर्दा म्यासेजको रुपमा आउने कोड प्रयोग गर्ने कि आफ्नो मोबाइल डिभाइस प्रयोग गर्ने भन्ने विकल्प तपाईंले छनौट गर्न पाउनु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने
  • २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    News

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑