स्मार्टफोन बजारमा अहिलेको समयमा फोल्डेबल फोनको संख्या निकै कम छ । सामसङ यो सेगमेन्टमा सबैभन्दा अगाडि छ र कम्पनीले सन् २०२१ मा अलग अलग प्राइस रेञ्जमा फोल्डेबल फोन सार्वजनिक गर्ने बताएको छ ।
यसबाहेक मोटोरोला पनि फोल्डेबल फोनको दुनियामा छाइसकेको छ । रोयोले फोल्डेबल फोन चीनमै सीमित छ र ह्वावेको उपस्थिति पनि यो क्याटेगरीमा निकै कम छ ।
यसैबीच साओमीले चाँडै फोल्डेबल फोन सार्वजनिक गर्ने योजना बनाएको छ । साओमीले करिब दुई वर्ष अघि नै आफ्नो फोल्डेबल फोन प्रदर्शन गरेको थियो ।
एक्सडीएको नयाँ रिपोर्ट अनुसार मी टेन प्रोका लागि जारी गरिएको पछिल्लो एमआईयूआई ट्वेल्भ बेटा अपडेटमा एउटा कोड देखिएको छ । जसबाट कम्पनीले फोल्डेबल फोनमा काम गरिरहेको थाहा भएको बताइएको छ ।
रिपोर्टअनुसार डिभाइसलाई सेटस नाम दिइएको छ र यो एन्ड्रोइड इलाभेनमा आधारित एमआईयूआईमा चल्छ । हार्डवेयरको कुरा गर्दा यसमा क्वालकम स्नापड्रागन चिपसेट रहनेछ र १०८ मेगापिक्सेलको क्यामेराका साथ आउनेछ ।
यस बाहेक अन्य स्पेसिफिकेसनको बारेमा भने कुनै जानकारी आएको छैन । साओमी लोकप्रिय स्मार्टफोन कम्पनी मध्ये एक हो ।
तर कम्पनीले अहिलेसम्म कुनै पनि फोल्डेबल फोन सार्वजनिक गरेको छैन । साओमीले सन् २०१९ को सुरुवातमा एउटा ट्राइफोल्ड फोल्डेबल स्मार्टफोनको टिज जारी गरेको थियो ।
यो डिभाइसलाई दुई अलग अलग शर्ट भिडियोमा देखाइएको थियो । यद्यपी चिनियाँ प्रविधि कम्पनीले अहिलेसम्म आउने फोल्डेबल स्मार्टफोनको बारेमा कुनै जानकारी दिएको छैन ।
साओमीले डिभइसको कुनै स्पेसिफिकेसनको बारेमा समेत खुलासा गरेको छैन । कम्पनीले गत वर्ष एमआई मिक्स अल्पा सार्वजनिक गरेको थियो । तर उक्त फोन अहहिलेसम्म बजारमा उपलब्ध हुन सकेको भने छैन ।