आज:
  • होमपेज / Breaking News

    वीरगन्ज सहित यी हुन् कोरोना अत्यन्त उच्च जोखिममा परेका २२ स्थानीय तह

  • वीरगंज संजाल
  • १६ कार्तिक २०७७, आईतवार ०९:४१
  • ४४३३

    वीरगन्ज । कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले गरेको एक अध्ययनअनुसार पर्साको वीरगञ्ज महानगरपालिका र बाराको परवानीपुर गाउँपालिका कोरोनाभाइरसको अत्यन्तै उच्च जोखिममा परेका हुन् ।

    वीरगञ्ज र परवानीपुरसँगै नेपालभारीका ४७ स्थानीय तह कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका छन् ।सिसिएमसीको अध्ययनअनुसार २२ स्थानीय तह कोरोनाभाइरसको अत्यन्तै उच्च जोखिममा परेका छन् भने २५ स्थानीय तह जोखिममा परेका छन् ।

    त्यसैगरी प्रदेश नम्बर २ को अस्थायी केन्द्र जनकपुरधाम उपमहानगरपालिका पनि अत्यन्तै उच्च जोखिममा परेको छ । तयस्तै उच्च जोखिममा परेका प्रदेश नम्बर २ को धनुषा जिल्लाको मिथिला नगरपालिका, सप्तरीको राजविराज नगरपालिका, सप्तकोसी नगरपालिका र सुरुंगा नगरपालिका, सिराहको सुखीपुर नगरपालिका र लहान नगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र गौशाला नगरपालिका र सर्लाहीको हरिपुर नगरपालिका रहेका छन् ।

    सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । ट्र्याकिङबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको हो । दशैँको चहलपहलसँगै यी ४७ स्थानीय तहमा कोरोना ब्यापक फैलिन सक्ने सिसिएमसीको अनुमान छ ।

    सिसिएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन ।

    स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट १ लाख ७० हजार ७ सय ४३ जना संक्रमित भएका छन् भने १ लाख ३१ हजार २ सय २२ जना निको भएका छन् ।

    हाल देशभर ३८ हजार पाँच सय ८४ जना सक्रिय संक्रमित छन् भने ९ सय ३७ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यी हुन् कोरोना अत्यन्त उच्च जोखिममा परेका २२ स्थानीय तह

    रामधुनी नगरपालिका– सुनसरी

    बर्जु गाउँपालिका– सुनसरी

    राजविराज नगरपालिका– सप्तरी

    सप्तकोसी नगरपालिका– सप्तरी

    सुरुंगा नगरपालिका– सप्तरी

    त्रियुगा नगरपालिका– उदयपुर

    उदयपुरगढी गाउँपालिका– उदयपुर

    जनकपुरधाम उपमहानगरपालिका– धनुषा

    कमलामाई नगरपालिका–सिन्धुली

    लिशंखु–पाखर गाउँपालिका– सिन्धुपाल्चोक

    मेलम्ची नगरपालिका– सिन्धुपाल्चोक

    बलेफी गाउँपालिका– सिन्धुपाल्चोक

    नमोबुद्ध नगरपालिका– काभ्रे

    धुलिखेल नगरपालिका– काभ्रे

    सुनकोसी गाउँपालिका– ओलखढुंगा

    काठमाडौं– सबै नगरपालिका

    भक्तपुर– सबै नगरपालिका

    ललितपुर– सबै स्थानीय तह

    मनहरी गाउँपालिका– मकवानपुर

    वीरगञ्ज महानगरपालिका– पर्सा

    परवनीपुर गाउँपालिका– बारा

    भरतपुर महानगरपालिका– चितवन

    पोखरा महानगरपालिका– कास्की

    यी हुन् कोरोनाको उच्च जोखिममा परेका २५ स्थानीय तह

    मेचीनगर नगरपालिका– झापा

    कन्काई नगरपालिका– झापा

    दमक नगरपालिका– झापा

    बेलबारी नगरपालिका– मोरङ

    केराबारी गाउँपालिका– मोरङ

    लहान नगरपालिका– सिराहा

    सुखीपुर नगरपालिका– सिराहा

    कटारी नगरपालिका– उदयपुर

    दुधौली नगरपालिका– सिन्धुली

    तीनपाटन गाउँपालिका– सिन्धुली

    मानेभञ्ज्याङ गाउँपालिका– ओखलढुंगा

    साकेला गाउँपालिका– खोटाङ

    मिथिला नगरपालिका– धनुषा

    बर्दिबास नगरपालिका– महोत्तरी

    गौशाला नगरपालिका– महोत्तरी

    हरिपुर नगरपालिका– सर्लाही

    सुनकोसी गाउँपालिका– सिन्धुली

    सुनापती गाउँपालिका– रामेछाप

    शैलुङ गाउँपालिका– दोलखा

    पाँचखाल नगरपालिका– काभ्रे

    हेलम्बु गाउँपालिका– सिन्धुपाल्चोक

    लिखु गाउँपालिका– नुवाकोट

    बेलकोटगढी नगरपालिका– नुवाकोट

    थाक्रे गाउँपालिका– नुवाकोट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑