वीरगञ्ज ।मयन्क रौनियार । सिर्सिया नदी स्वच्छता अभियान दोस्रो हप्तामा प्रवेश गरेको छ । गतहप्ता परवानीपुरमा बग्ने खोला को सरसफाई गरेर शुरु गरिएको अभियानअन्र्तगत आज राधेमाई क्षेत्रमा बग्ने सिर्सिया नदी सरसफाई गरिएको छ ।
नदि सफा नहुँदा सम्म अभियान जारी रहने अभियानमा संलग्न युवाहरुले बताएका छन् । वातावरण जिउने आधार, लिभिङ् विथ इन्भाइरन्मेन्ट समुह, इम्प्रुभिङ्ग वीरगञ्ज चाइल्ड क्लब, सानो पाइला, राधेमाई युवा क्लब लगायतका संघ संस्थाको सक्रियतामा सरसफाई अभियान सञ्चालन भइरहेको छ ।
सरसफाईपछि कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियानता दिलिपराज कार्कीले सिर्सिया खोला वीरगञ्जबासीको लाइफ लाईन भएकाले यसको संरक्षण र जगेर्ना गर्ने जिम्मेवारी हाम्रै काँधमा आएको बताउनुभयो ।
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले गम्भिर रुपमा ध्यान नदिँदा स्थानीयहरु आफै जागरुप हुनुपरको बताउँदै यसमा सबैले साथ दिन पनि अपिल गर्नुभयो ।
त्यसैगरी वातावरण जिउने आधारका जिल्ला अध्यक्ष राजन रौनियारले गुट्खा तथा पान खाएर जथाभावि फाल्नेहरुले वीरगञ्ज फोहोर गरेको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।