मुम्बई । अभिनेता अक्षय कुमारको यस वर्षको प्रतिक्षित चलचित्र ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ राखिएको छ । चलचित्रको नामलाई लिएर भएको विवादका कारण नाम परिवर्तन नगरिए चलचित्र ‘बाइकट’ गरिने अवस्था आएपछि निर्माण टिमले नाम परिवर्तन गरेको छ ।
चलचित्रको ट्रेलर आउनुअघि देखि नै सामाजिक सन्जालमा ह्यास्ट्याग ब्यानलक्ष्मीबम्ब को ट्रेन्ड सुरु भइसकेको थियो । बिहीबार सेन्सरबाट पास भएरपछि सीबीएफसी टिमसँग बसेर नामबारे छलफल गरिएकामा, दर्शकको भावनालाई मध्यनजर गर्दै निर्माता शबिना खान, तुषार कपुर र अक्षय कुमारले ‘लक्ष्मी’ नामबाट चलचित्र रिलिज गर्ने निर्णय लिएका हुन् ।
चलचित्रका निर्देशक पुरानो नामबारे प्रस्ट्याउँदै भन्छन्, “भगवान्को कृपाले चलचित्रको पात्र बम जस्तो धमाका साथ आउने भएर हामीले यसको नाम ‘लक्ष्मी बम’ राखेका थियौं ।
चलचित्र दीपावलीका अवसरमा नोभेम्बर ९ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुँदै छ । अभिनेता अक्षयका साथै चलचित्रमा कियारा आडवाणी पनि मुख्य भूमिकामा देखिनेछिन् । यो तमिल चलचित्र ‘कञ्चना’ को हिन्दी रिमेक हो ।