वीरगंज। ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीले विभिन्न स्थानबाट जफत गरेको ४५ थान साइकल नियम विपरित विक्री गरेको खुलेको छ ।विभिन्न मितिमा काठ तस्करहरुबाट जफत गरेको १ लाख ५० हजार मूल्य बराबरको ४५ थान साइकल प्रहरीले नियम विपरित कौडीको मूल्यमा विक्री गरेको हो ।
तस्करहरुबाट बरमाद गरिएको साइकल डिविजन वन कार्यालयलाई बुझाउनु पर्ने अथवा नितिगत सरकारी प्रक्रिया पुर्याएर विक्रि गरी नेपाल सरकारको खातामा राजस्व दाखिला गर्नु नियम रहेपनि ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीका प्रमुख रामकाजी थापाले प्रक्रिया मिचेर साइकल विक्री गरेको स्थानीयहरुको आरोप छ । प्रहरी युनिटले दशैँमा खर्च उठाउनु साइकल विक्री गरेको स्रोतको दावी छ ।
थापाले साइकल विक्री बारे जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराएको दावी गरेपनि पर्सा प्रहरीका प्रवक्त मनोजित कुँवरले आफुलाई यस बिषयमा कुनै जनकारी नभएको प्रतिक्रिया दिए । प्रहरी नायव उपरीक्षक कुँवरले यस बिषयमा सम्बन्धित प्रहरी युनिटसँग जानकारी लिएर मात्र केहि बोल्न सकिने वताए ।
स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीले कवाडी समान भनेर जिप्रकालाइ ढाँटि महुवनका एक व्यापारीसँग साइकल विक्रि गरेको छ ।डिविजन वन कार्यालय पर्साका अनुसार काठ तस्करीको क्रममा बरामद गरिएको सवारी साधनहरुलाई विक्रि गर्न सारकारी समयन्त्र रहेको छ । स्थानिय प्रशासनको रोहबरोहमा टेण्टर प्रक्रियामा गएर अथवा डाक बढाबढ गरी मात्र विक्रि गर्न पाइने सरकारी व्यवस्था रहेकाे डिविजन वन पर्साका प्रमुख जगरनाथ जयसवालले जानकारी दिए ।yatradaily