वीरगंज। वीरगंज महानगरपालिका वडा न. १६ बाट पर्सा प्रहरीले ९ लाख ७७ हजार भन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । अवैध रुपमा भन्सार छलिका सामाग्री भित्रिदै गरेको विशेष सुचनाको आधारमा खटिएको प्रहरीको गस्ति टोलिले ना.१ ह १(०१६३ र ना.२ ह ६६५९ नम्बरको अटोमा जुत्ता, चप्पल तथा लत्ता कपडा लगायतका सामाग्री बरामद गरेको हो ।
प्रहरीलाई देख्नेबित्तिकै अटोमै सामान छोडेर ४ जना पुरुषहरु फरार भएकाले उनिहरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बरामद गरेको ९ लाख ७७ हजार ६ सय ५० रुपैया बराबरको सामाग्री आवश्यक कारवाहीका लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।