वीरगंज।पर्सामा थप २ जनामा संक्रमण पुष्टि भएको छ । वीरगंज स्थित नारायणी अस्पतालको प्रयोशालामा पर्सा र बारा जिल्लाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको थ्रोट स्वाबलाई परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साका २ र बाराका १ जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुमा २ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म रहेका छन् । उनीहरुको सिटि भ्यालु १४ देखि ३० सम्म रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ।