वीरगंज | नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ।गत २४ घण्टामा मात्र २ हजार ३ सय ६४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ९ सय ८४ महिला र १ हजार ३ सय ८० पुरुष छन्।
प्रदेश १ को इलाममा ३, उदयपुरमा १, खोटाङमा १, झापामा ३८, धनकुटामा १, भोजपुरमा १, तेह्रथुममा ३, मोरङमा ३२ र सुनसरीमा ६० जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा ७, पर्सामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा ७, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ३८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ६, चितवनमा ९७, दोलखामा १६, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा ९७, मकवानपुरमा ४७, रसुवामा ४, रामेछापमा ३, ललितपुरमा १ सय ८०, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा १० जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३६, तनहुँमा १७, नवलपरासी पूर्वमा ३१, पर्वतमा ५, म्याग्दीमा ५, लमजुङमा २, बागलुङमा १ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीका ४, कपिलवस्तुका ४, गुल्मीका ५, दाङका १३, नवलपरासीका ७, पाल्पाका ५, प्युठानका १, बर्दियाका ७, बाँकेका ३७, र रुपन्देहीका ५७ जना छन्।
यस्तै, कर्णाली प्रदेशको रोल्पामा १, कालिकोटमा २३, जाजरकोटमा २, जुम्लामा ७, दैलेखमा ३ र सुर्खेतमा १ जनाका कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको हुम्लामा १, अछाममा १, कञ्चनपुरमा १, डडेल्धुरामा २ र बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।